Loading...
निमित्त साखा प्रमुखकै अगाडी बिरुवा लुटीए सबै कर्मचारी मुकदर्शक भए !

हेमन्त माण्डव्य, कैलाली– श्रावण ५
टीकापुर नगरपालीका अन्तर्गत कृर्षिसेवा केन्द्र टीकापुरबाट किसानहरुलाई निशुल्क रुपमा वितरण गरीने ३५ सय बिरुवाको अत्तो पत्तो नभएको बताइएको छ ।
यसै साता टीकापुर नगरपालीका अन्तगर्त कृर्षिसेवा केन्द्र टीकापुरमा आँम, अम्बा, लिची, अनार र कागतीका ७÷७ सय विरुवा गरि जम्मा ३५ सय बिरुवा आएकोमा सो बिरुवा कता र कहाँ गए भन्ने पत्तो नै छैन । कृर्षि सेवा केन्द्रमा जाने हरेक किसानलाई सेवाकेन्द्रका कर्मचारी हरुले विरुवा वितरण भइसक्यो भन्दै विरुवा लिन गएका किसानहरुलाई रित्तो हात फर्काउने गरेको पाइन्छ ।
सेवा केन्द्रले विरुवा आएको दोस्रो दिन नै आफुलाई विरुवा लिनभनि बोलाएको थियो, सो जानकारी अनुसार हामी बिरुवा लिन जादा विरुवा वितरण भइसक्यो भन्दै हामीलाई खाली हात फर्काइयो भन्छन टीकापुर सत्ती बनगाउँका भवना चौधरी । त्यसैगरि टीकापुर १ का बिरबहादुर चौधरी र टीकापुर मौरनियाका राम बहादुर चौधरीले पनि कृर्षिसेवा केन्द्र टीकापुरमा विरुवा लिन जाँदा खाली हात फर्केको वताएकाछन् ।
कृर्षिसेवा केन्द्र टीकापुर स्रोतका अनुसार विरुवा आएको दोस्रोदिन सबै किसानहरुलाई विरुवा वितरण गरिने र विरुवा लिन आउनु भनेर बोलाइएको थियो तर सो वितरण कार्यमा सेवाकेन्द्रका कर्मचारीको लापर्वाहीका कारण गैर किसानहरुको संगलङ्गनतामा सबै विरुवाहरु लुटीएको वताइएको छ ।  विरुवा लुटिइरहदा सेवाकेन्द्रका कर्मचारीहरु मुकदर्शक भएर टुलुटुलु हेरीरहेका थिए लुट्नेले विरुवा आफुले सकेजती लगिरहेका थिए, सोही ठाउँमा विरुवा लिन गएका एक किसानले अगुवा सन्देशलाई वताए ।
सो सेवा केन्द्रमा ९ जना कर्मचारी भएतापनि सेवाकेन्द्रका प्रमुख गौरीशंकर गुप्ता अवकासको समय पुगेकाले आफ्नो घर फर्केकाछन भने सो कार्यालयका कार्यालय सहयोगी यज्ञराज भट्ट मनचाहीदो समयमा आफ्नो घर जाने गरेको वताइन्छ । सेवा केन्द्रमा बिरुवा वितरणको समयमा भने निमित्त साखा प्रमुख टोप बहादुर विष्टको नेतृत्वमा ७ जना कर्मचारी रहेको स्रोतले द्वारा जानकारी प्राप्त भएको छ । साखा प्रमुख कै अगाडी छिनभरमा नै सबै बिरुवा गायब भएको वताइन्छ ।
सरकारी तवरबाट किसान हरुकालागी सहयोगार्थ आएका बिरुवाहरु सम्वन्धित कार्यालय परिसरबाटै सम्वन्धित कर्मचारीकै रोहवरमा अवैध तरिकाले लुटिन्छन् र कर्मचारीहरुले त्यसको कानुन बमोजिम प्रकृया अगाडी बढाउनुको साटो मुकदर्शक भएर सो कार्यलाई लुकाउन खोज्नु भनेको दालमा केही कालो छ भन्ने छर्लङ्ग नै हुनजान्छ । यस सम्वन्धमा हामीले कृर्षि सेवा केन्द्रमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *