Loading...
पुर्व मन्त्रि कै घर अगाडी बाटो खराव, करोडौ बजेट स्वाह

कैलाली, श्रावण ५
कैलाली जिल्लाको जोशीपुर गाउँपालीका अन्तर्गत पुर्व मन्त्रि रामजनम चौधरीको घर नजीकैको भबही चौक देखी हसनापुर चौक हुदै जोशीपुर बजारजाने बाटोमा पर्ने सोमेश्वर मन्दिर सम्मको बाटोले अझै पुर्णता पाउन सकेको छैन ।
सो ठाउँमा बिभिन्न समयमा गरी करिव करोडौं रुपैयाँ स्थानिय र केन्द्र सरकारको लगानि भइसकेको अवस्था रहेको छ । हाल सो ठाउँमा वर्षातको पानिले गर्दा खाल्डा खुल्डि परेर पैदल यात्रुहरु समेत हिडडुल गर्न समेत
समस्या पर्ने गरेको छ ।
स्थानिय जनताहरुले पटक पटक जोशिपुर गाउँपालीकामा हारगुहार गर्दा समेत आफ्नो सुनुवाइ नभएको स्थानियहरुको भनाइ रहेको छ । झवही चौकमा जोशीपुर गाउँपालीकाको वडा नं ४ को वडा कार्यालय र पुर्व मन्त्रि रामजनम चौधरीको थारु फुडल्याण्ड होटल रहेको छ । सोही ठाउँमा बाटोको दुर्दसा हुनु भनेको कहाँसम्मको न्यायोचित कार्य हो, एक सथानियले सुनाए ।
दुईचार दिनको वर्षातले बाटोको यस्तो नराम्रो दुर्दसा बनाएको छ भने अझै त पुरै वर्षात हुन बाँकी नै छ, त्यो अवस्थामा के होला ? झवही चौकका स्थानिय व्यवसायी शिवप्रसाद कठरिया वताउछन् । हिउदभरी चुपचाप लागेर बसे अहिले वर्षातको समयमा जव बाटो हिडडुल गर्न नै बन्द भयो, सबै आवत जावत गर्नेले थु थु गरेपछी तव केही ट्रली ग्रावेल हालेर जनताहरुको आँखामा छारो हाल्ने काम जोशीपुर गाउँपालीकाले गरिरहेको छ, जवसम्म व्यवस्थित तरिकाले यो बाटोको मर्मत सम्भार हुदैन तवसम्म जनताहरुले चाहेको कार्य हुनसक्दैन, वर्षेनी चारो हाल्ने जस्ताकार्यहरु बन्द गरिनु पर्दछ, स्थानियहरुको भनाइ रहेको पाइन्छ । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *