Loading...
भजनी ३ मरिया घाटबाट लागुऔषध सहीत दुई जनालाई पक्राउ

कैलाली, श्रावण ५
कैलालीको भजनी नगरपालिक वडा नं ३ मा रहेको नेपाल भारत खुल्ला सिमा नाका दिन प्रतिदिन विभिन्नखाले तस्करहरुको तस्करी गर्ने मुख्य बाटोको रुपमा रहेको पाइन्छ । यो खुल्ला सिमा नाकाबाट पटक पटक लागुऔषध, भारतिय क्षेत्रबाट चोरी गरेर ल्याएको नगद जिन्सि तथा विभिन्नखाले अवैध सरसमान आयात निर्यात हुने नाकाको रुपमा चिनिन थालेको छ ।
यसै शिलशिलामा गत साउन १ गते बुधवार दिउसो भजनी नगरपालीका वडा नं ३ को भारतिय सिमानाकाबाट घोडाघोडी न.पा. वडा नं. १० पहलवानपुरका वर्ष २१ का विजय रावल र सोही ठाउँका वर्ष २५ का मेख पौडेललाई ६ ग्राम ब्राउन सुगरका साथ से.५ प. ३२५४ न.ं को मोटरसाईकल सहित ससस्त्र प्रहरी बल नेपाल भजनी र ईलाका प्रहरी कार्यालय भजनीको सयुंक्त टोलीले पक्राउ गरेको वताइएको छ । पक्राउ गरिएको व्यक्तिहरुलाई थप अनुसन्धान गरिने भजनी इलाका प्रहरी कार्यालयका प्रमुख राजेन्द्र बहादुर चन्दले वताएकाछन् ।
त्यसैगरि भजनी वडा नं ३ का स्थानीयहरुले हाम्रो क्षेत्रमा रहेको भारतीय नाकाबाट बिचिन्न समयमा तस्करहरुले अवैध सरसमामन आयात निर्यात गर्ने गरेको र सो कार्यमा संङ्गलग्नहरुलाई प्रहरी तथा भन्सार कार्यालयले पक्राउ गर्ने गरेतापनी ततकालै छोडीने कार्य गरिएकाले पुनः सोही समुह या व्यक्तिहरुले निरन्तरता दिने गरेका कारण यस्तो कार्यले प्रसय पाइरहेको बताउने गरेकाछन् । सम्वन्धित निकायको मिलोमतो मा नै यस्तो कार्य हुने गरेको र कहि कतै मोलमोलाई नभएको खण्डमा पक्राउगर्ने गरेको पनि स्थानियहरु वताउछन् । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *