Loading...
“यस्तो छ ज्ञान विज्ञानमा जनै यानीकी यज्ञपवीत्रको महत्व”

माण्डव्य हेमन्त, कैलाली
हाम्रो समाजमा जनैलाइ लीएर आजकालको समयमा नीकै चर्चापरीचर्चा हुनुकासाथै ठुलै रुपमा बीरोध भएको अवस्था पनी रहेको छ ।
एक थरीले यो ब्राहमण बंशले मात्रै धारण गर्ने भएकोले यो ब्राहमणवादको अवषेस हो भनीरहेको छन भने अर्कोले ब्राहमण क्षेत्रीले मात्रै धारण गर्ने भएकोले यो जनै नै सामन्तवादको प्रतीक हो भनीरहेको छन । यहाँ सम्म की ब्राहमण क्षेत्री भनिनेहरु भीत्र कै जाने बुझेकाहरुले पनी यो धागोको डोरी शरीरमा धारण गरेर के फाइदा हुन्छ र यसको आवश्यकता नै छैन भनीरहेको अवस्थाछ । आखीर के हो त यो जनै भनेको ? यसलाई कस कसले लगाउन मील्छ ? जनैलाइ मानव जीवनमा कसरी लिइन्छ र कसले बनाउछन ? जनैलाइ धारण गर्दा के के कुरालाई पालना गर्नुपर्दछ ? जनै सम्बन्धी कुराहरुलाई अहीलेको विज्ञानले कसरी लिएको छ ? भन्ने कुराको बारेमा यहाँ चर्चा गर्नेछौ ।
ः—के हो त यो जनै भनेको ?
हाम्रो समाजमा वैदीक संस्कार र हिन्दु परम्परामा रहेका मानीसहरुले आफ्नो शरीरमा बायाँ काँधबाट दाहीने हातको मुन्तीर मुटुलाइ केन्द्र बिन्दु बनाएर कम्मर भन्दा माथीसम्म पुग्ने गरी कपासको धागोबाट विषेस रुपले बनाएको डोरीलाई धारण गर्ने परम्परा रहिआएको छ । यो तिनवटा धागो मिलेर एकसुत्र बनेको हुन्छ । यस विषेस खालको डोरीलाइ नै जनै भनिन्छ भने सस्कृतमा यसलाई यज्ञपवित्र भनीन्छ ।
ः—यसलाइ कस कसले कसरी लगाउन मील्छ ?
यो सुद्ध कपासको धागोबाट बनेको हुनाले मानिसको शरीमा कुनै असर नपर्ने र बैज्ञानीक किसीमलेपनी फाइदा गर्ने भएकोले जनै शरीरमा धारण गर्नलाइ पवीत्र मानीन्छ ।
जनै शुद्धताको हिसावले जहिलेपनी देव्रेकाँधको माथीबाट दाहिने हातको तल मुटुलाई केन्द्रमा राखेर लगाउने गरीन्छ । जनैलाई संसारका कुनै पनी सम्प्रदाय र सांस्कारीक समाजका मानिसहरुले लगाउन सक्छन । यो धारण गर्नलाइ महिला र पुरुष भन्ने पनी छैन । यसलाई महिला र पुरुष सबैले धारण गर्न सक्दछन । तर यसको विधी भने अवस्य पुगाउनु पर्दछ ।
ः—जनैलाइ मानव जिवनमा कसरी लिइन्छ र कसले बनाउछन ?
जनैमा विषेस गरी तिन धागाहरुबाट बाटिएका तिन डोरी हुन्छन जसलाइ सुत्र भनिन्छ । यिनलाई ऋणका हिसावले पृतऋण, ऋषीऋण र देवऋणमा हेरिन्छ भने गुणका हिसावले सत्य, रज र तम गुण मन्त्रका हिसावमा गायत्री मन्त्रका तिनचरण र आश्रमका हीसावमा पनी तीन आश्रम गुरुकुल आश्रम, गृहस्थ आश्रम, वृद्धाआश्रमको प्रतीका रुपमा लीइन्छ । वनप्रस्थ(सन्यास आश्रममा जनै लगाउनु प्रर्दैन ।
जनैमा सुरुवाती समयमा नौ धागाहरु रहेका हुन्छन । यि नौ भित्र पनी तिन तिन धागाहरु रहेका हुन्छन । एक जनैमा धागोको संख्या जम्मा नौ रहेको हुन्छ । यि नौ धागाहरुलाई हाम्रो शरीरका नौ वटा प्वालहरुसंग मिलाइएको हुन्छ । एक मुख, दुईवटा आँखा, दुइ नाकका प्वाल जसलाइ नासीका भनिन्छ, दुइ कान, एक दिसा आउने ठाउँ गुद्वार र एक पेसाव आउने ठाउँ शिष्न यि हाम्रा शरीरका नौ द्वारहरु हुन । जनैमा पाँच गाँठाहरु रहेका हुन्छन । ति पाँच गाँठाहरुलाई मानिसका जिवनसंग प्रत्यक्ष सरोकार राख्ने ब्रहमचार्य, काम, धर्म, अर्थ र मोक्ष तथा पाँच यज्ञ, पाँच ज्ञानेन्द्रीय र पाँच कर्मका प्रतीकको रुपमा लिइएको छ ।
जनैको लम्बाइ आफ्नो जसले धारण गर्ने हो उसैको ९६ औला मात्र हुनुपर्छ । यसको मतलव यो हो कि जनै धारण गर्ने व्यक्तिले ३२ विध्या र ६४ कलामा पुर्णता हासिल गरेकोछ । चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, ३ सुत्रग्रन्थ, ९ आरण्यक गरी जम्मा ३२ विध्याहरु यि हुन । ६४ कलामा यज्ञ, राज, यन्त्र निमार्ण, यूद्ध कौसल, वस्तु निमार्ण, नितीनियम,आभुषण निमार्ण, साहित्यकला, बुनाई, कटाई, बनाई, व्यन्जनकला, चित्रकारी, कृर्षी, भाषाकला …………..आदी रहेकाछन् ।
त्यसैले जनै संसारका हरकोही मानिस महिला चाहे पुरुष जसलेपनी धारण गर्न सक्दछ । जनैलाई बनाउनुपनी एक सिप नै भएकोले यसलाइ जसले जनै बनाउने सीप सिकेको छ त्यस हरेक मानवले बनाउने हैसियत राख्दछ । यो बनाउनलाइ खासै यहि समुदाय व्यक्ती धर्म या सम्प्रदायले बनाउछन भन्ने छैन । यो जनै कुनै धर्म या सम्प्रदायको पेवा पनी होइन ।
जनैलाइ धारण गर्दा के के कुरालाइ पालना गर्नुपर्दछ ?
जनैलाइ धारण गरीसकेपछी मल–मुत्र
त्याग्नु पहिले जनैलाइ दाहिने काँनमाथी दुई या तिन पटक घुमाएर राख्नुपर्छ । मल–मुत्र विसर्जनपछी शुद्ध भएरमात्र काँनबाट जनै निकाल्नुपर्छ । यसो गर्नुको मतलव यो हो कि मल–मुत्र गर्दा जनै आफ्नो कम्मर भन्दा तल नजावोस तर यसको वैज्ञानिक आधार पनी रहेको छ । विज्ञानले के भन्छ जनैको बारेमा तल चर्चा गरीने नै छ । यदि जनै मल–मुत्र गर्दा तल जमिनमा छोइयो भने फोहर हुनुका साथै त्यसबाट रोगका किटाणुहरु हाम्रो शरिरमा प्रवेशगरी हामिलाइ संक्रमित गर्ने डर हुन्छ । जनैलाइ प्रत्येक १५÷१५ दिनमा बदल्नु नै उपयुक्त हुन्छ त्यो पनी आमावास्य र पुणर््िामामा तर महिलाहरुले भने महिनावारी सिद्धीएपछी बदल्दा राम्रो मानिन्छ । जनै चुडालिएमा तुरुन्तै बदल्नुपर्छ । फोहर र खण्डीत जनै कहिलै लगाउनु हुदैन । जनैलाइ आ–आफ्नो चलन अनुसार मृतु र सुतक पछी बदल्ने गर्नुपर्दछ । यसलाई शरिर भन्दा बाहिर निकाल्नु हुदैन भने कम्मर भन्दा तल पनी हुनुहुदैन । जनैमा कुनै चिजहरु राख्ँने या बाँध्ने गर्नुहुदैन । जनैलाइ विधीपुर्वक लगाउनाले पवित्रता, सात्विक, धार्मिक र सामाजिकत्वको महसुस र आभास हुन्छ ।
जनै सम्बन्धी कुराहरुलाइ अहीलेको वीज्ञानले कसरी लीएको छ ?
चिकीत्सा विज्ञानका अनुसनार दाहिने काँनका नसाहरु अण्डकोष र गुप्तन्द्रीयहरुसंग जोडीएका हुन्छन । हामीले पेसाव गर्दा दाहीने काँनमा जनैको फेरो हाल्नाले हाम्रो शरीरमा रहेका शुक्राणुहरुको बचावट हुनेकुराको जानकारी गराउदछ । त्यसैगरी जनैलाइ काूनमा फेरो हाल्नाले मानीसमा सुर्यनाडीको जागरण हुनुका साथै छालाको रोगलाई नियन्त्रण गर्दछ । साथै रक्तचाप र पेट सम्बन्धी रोगसंग लड्न संक्ने क्षमताको अभिवृदी भई शरिरलाइ स्वस्थ राख्दछ । त्यसैगरी मानिसको शरीरको पुष्ठ भागबाट पिठ्यूतीर जाने अर्थात दाहिने काँध देखी लिएर कम्मरसम्म एक प्राकृतीक क्षुद्ररेखा रहेको हुन्छ । त्यो रेखाले मानिसको शरीरमा विद्युत प्रवाह जस्तै एक प्रकारको उर्जालाइ उत्पन्न गर्ने काम गर्दछ । मानिस तनावमा भएकाबेला त्यो रेखाले मानव शरीरमा अत्यधीक उर्जा उत्पन्न गराइदीन्छ । यसको रोकथामकोलागी जनैलाई उपयूक्त मानिएको छ किनकी जनै धारण गर्नाले शरीरमा हुने अत्यधीक अनावश्यक उर्जालाइ नियन्त्रण गर्दछ । शरीरमा अनावश्यक उर्जाको बढी सकृयता भएमा काम–क्रोधलाइ नियन्त्रणमा राख्न सकिदैन । नियम र निती पुर्वक जनै धारण गर्नाले हाम्रो शरीरको अनावश्यक उर्जालाइ रोक्नमा मद्धत गर्नुका साथै काम–क्रोधलाइ नियन्त्रणमा राख्न सकीन्छ । शरीरमा जनै खटीरा भएको बेला जनैलाई जलाएर जलेको पाउडर सो खटीरामा लगाउदा निकोहुन्छ भनी अहीलेसम्म पनी त्यस्तो कार्य गर्ने चलन रहिआएको छ । यहाँ त यि सामान्य कुराहरुलाई प्रमाणको रुपमा पस्किने जमर्को मात्र गरिएको छ । जनै सम्बन्धि यस्ता थुप्रै बैज्ञानिक आधार र प्रमाणहरु रहेकाछन ।
यहाँ भन्नु नै पर्दा वैदीक परम्पराको सुरुवात भएपछी कालान्तरमा जव क्रमकाण्डिय पद्धतीले जडा गाड्दै आफ्नो वर्चश्व कायम गर्दै क्रर्मकाण्डलाई रुढिवाधी र निरंकुस तरिकाले कुरुतिलाई प्रसय दिदैं जब अगाडी बढ्यो तबदेखी जनैलाई वैज्ञानिक र सामाजीक कुराहरुबाट छोडाउदै क्रर्मकाण्डका कथीत पण्डाहरुले धर्म संस्कार र परम्परा संग जनैलाइ जोडेर अगाडी बढे मानौकी आफ्नो पेवा नै हो भने जस्तो गरी…..
क्रर्मकाण्डीय प्रथाको सुरुवात भएसंगै सवै सामाजीक र वैज्ञानिक आधार भएका कुराहरुलाई ति क्रर्मकाण्डिय पण्डाहरुले आफ्नो धर्मसस्कृती भित्र यसरी जकडे कि ति कुराहरु मानौ कि क्रर्मकाण्डिय सस्कार पद्धती भित्रका नै हुन । क्रर्मकाण्डिय प्रथाका पण्डाहरुले यस्ता सामाजीक रुपान्तरणका कुराहरुलाइ सिमीत घेरामा राखेर कुण्ठीत गर्ने कार्य गरेका कारणले आजको समयमा यस्ता वैज्ञानीक कुराहरुलाइ पनी मानीसहरुले एक र अर्को धर्मसंग जोडेर वीस्वास गर्न छोडेको अवस्थाको सृर्जना भएको पाइन्छ । त्यसैले राम्रो कामको सुरुवात आफैबाट गर्नुपर्छ भनेजस्तै यदी समाज रुपान्तरणकालागी अगाडी बढ्ने हो भने ती क्रर्मकाण्डिय प्रथाका अग्रणी पण्डाहरुले समयको माग संगै चल्न सक्नु पर्दछ अनिमात्रै वास्तवीक समाज रुपान्तरणको गतितीर अगाडी बढ्नेछ नत्र भने नत्र भने एकदीन आफ्नै इतिहास पनी रहनेछैन । जनै कसैको पेवा होइन हिन्दु संस्कार अनुसारका ब्राहमण, क्षेत्री, वैश्य र शुद्र सबैले क्रमका आधारमा जनै लगाउन पाउनु पर्दछ । किनकी क्रर्मले नै ब्राहमण, क्षेत्री, वैश्य र शुद्र बनाउदछ । जनै लगाएर ब्राहमण क्षेत्री बनीने होइन । जनै त जसले जनैको बारेमा पुर्ण ज्ञान हासील गरेको छ उसैले मात्र लगाउने हो न कि धर्म सस्कार र बंशको नाममा लगाउने हो । यी बाहेक सबै धर्म सस्कारका मानीसहरुले बैज्ञानीक आधारमा जनै लगाउनु पर्दछ र लगाउन पाउनु पनी पर्दछ । जनैलाइ कसै समुदायको, धर्मको सस्कारको र बंशको पेवा बनाइनु हुदैन । जनै लगाएर हिन्दु या वैदिक बनिन्छ भन्ने कुरा गलत हो किनभने के आजकालको समयमा दौरासुरुवाल लगाउदैमा सबै नेपाली हुने र हिन्दु हुने हो र ? के धोती लगाउदैमा सबै क्रमकाण्डिय पण्डा बन्ने हो र ? यस्तो कदापी होइन नी † त्यसकारण सबैले जनैलाइ बैज्ञानिक आधारमा सबैकालागी यसको महत्व सहीत खुल्ला गरीनु पर्दछ । अनीमात्र जनैको वास्तवीकताले सार्थकता पाउनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *