Loading...
शौचालयबिहिन सर्बसाधारणलाई कारबाही गर्ने कृष्णनगर नगरपालिका आफै शौचालय बिहिन

 कपिलवस्तु १२ साउन । कृष्णनगर नगरपालिका वार्ड नम्बर ६ का केही कारणले शौचालय नबनाउन सक्नेलाई वार्ड अध्यक्षको नेतृत्वमा आक्रमक रूपमा करवाही गर्दै २०७५ माघ १५ गते तामझामको साथ खुला दिसामुक्त घोषणा गरियो । तर त्यही वार्डमा रहेको स्वास्थ्य कार्यलयको लागि शौचालय निर्माणको बजेट हुँदाहुँदै खानेपानी र शौचालयको कुनै पनि किसिमको ब्यवस्था नगरी स्वस्थ्य कार्यलयलाई सम्मानपत्र समेत दिइएका छन तर स्वास्थ्य कार्यलय को अवस्था अहिलेसम्म जस्ताको त्यस्तै रहेको छ । स्वस्थ्यकर्मीहरु कहिले स्कुलको शौचालय त कहिले वडा कार्यलयको शौचालय त कहिलेकाही बाहिर नै शौच गर्ने गरेकाछन तर सेवाग्राहीहरु प्रायः बाहिर नै जानेगरेको कुरा अहेव अरबिन्द शाहले बताएका छन् । नगरपालिकालाई पुर्ण सरसफाइ तथा खुला दिसामुक्त गर्नको लागि वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति मार्फत वडाहरुलाई खुला दिसामुक्त घोषणा गर्ने गरिएको छ । शौचालय नबनाउनेलाई नगरपालिकाले दिने सेवासुबिधामा रोक लगाएको छ तर सो वडाका अध्यक्षको लापरबाही र हैकमवादीको कारणले सो बन्न नसक्ने भएको एक स्थानीय युवाले बताएका छन् भने आफ्नो केही बिरोधिको कारण २ बर्ष देखि बन्न नसकेको वडा अध्यक्ष देवानन्द शुक्लले बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *