Loading...
भजनीको कुसुमघाटमा डल्फिन अवलोकन गर्न भ्यू टावर निर्माण गरिदै

हेमन्त माण्डव्य, कैलाली, श्रावण १३
कैलाली जील्लाको भजनी नगरपालीका वडा नं ३ कुसुमघाटमा वर्षातको समयमा मोहना नदिमा आउने लोपन्मुख तथा सुचिकृत डल्फिन अवलोकन गर्नकालागी ७ नं प्रदेश सरकारको ९ लाख ५० हजार आर्थिक सहयोगमा भ्यु टावर निर्माण गरिदै ।
नेपाल भारत सिमामा अवस्थित स्थानिय मोहना, कन्द्रा, पथरीया, काँढा, रेप्ति, गैरी लगायतका नदिनालाहरुमा कर्णली नदिबाट वर्षातको समयमा आफ्नो बच्चा हुर्काउन र खानाको खोजीमा यि नदिनालाहरुमा डल्फीनहरुले आफ्नो बासस्थान बनाउने गर्दछन् । वर्षातमा यो क्षेत्र डल्फिनको बासस्थान हुने भएकोले यहाँ गोही, मगरमच्छ, नाका लगायतका अन्य जलचर प्राणीहरुपनि प्रसस्तै मात्रामा देखीने गर्दछन् ।
यिनै जलचर प्राणीहरुलाई सजिलै हेर्न सकियोस भनेर प्रदेश सरकारको ९ लाख ५० हजारको आर्थिक सहयोगमा भ्यु टावर निर्माण गरिन लागेको कुरा स्थानिय समाजसेवी तुलाराम काफ्ले, प्रदिप सोव, गोकेन्द्र भण्डारी, नवराज काफ्लेले वताएकाछन् ।(अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *