Loading...
डल्फिन क्षेत्रको डल्फिन पार्क चरिचरनमा परिणत सम्वन्धित निकाय मौन

हेमन्त माण्डव्य, कैलाली– श्रावण १३
कैलालीको भजनी नगरपालीका वडा नं ३ वर्दहवा फाँटा अन्तर्गत मोहना नदी र रेप्ति खोलाको संगममा रहेको नर्सरी भैसी चरणमा परिणत हुदै गरेको छ ।
२०७४ साल पहिले उक्त ठाउँ खाली मैदानको अवस्थामा रहेको थियो । भु–माफियाहरुले सो खाली मैदानलाई हडप्न खोजिरहेको बेला स्थानिय युवाहरुको समुहले प्रस्तावीत डल्फीन होमस्टे समिती गठनगरी सो खाली जमीनमा सिसम लगायत विभिन्न जातका सयौंको संख्यामा बृक्षारोपण गरी यस ठाउँलाई स्थानिय डल्फिन पार्कको रुपमा स्थापित गरेका थिए ।
महोना नदी र रेप्ति नालाको संगम भएको यस ठाउँमा वर्षातको समयमा दुर्लभ र संरक्षित सुचिमा रहेको जलचर प्राणी डल्फिनलाई सजिलै अवलोकन गर्न सकिने भएकाले यहाँका स्थानिय युवाहरुको सकृयतामा सबै गाउँलेहरुको सहयोगमा उक्त खाली ठाउँलाई वातावरणीय हिसावमा हरियाली होस भन्नाका लागी “डल्फिन पार्क” को नामाकरण गरी यहाँ बृक्षारोपण गरिएको कुरा स्थानिय समाजसेवी प्रदिप सोव बताउछन् ।
यस ठाउँमा करिव ५ विगाहा क्षेत्रफल खाली सार्वजनिक जमीन रहेकोमा मोहना नदिको कटानका कारण अहिले उक्त ठाउँमा करिव १० कट्ठा क्षेत्रफल जमीन मात्र बाँकी रहेको छ । करिव साढे ४ विगाहा जमीन मोहना नदिको कटानका कारण केही नदिमा, केही नदिको पारीपट्टी बगरमा परिणत भएको छ भने केही खेतीयोग्य जमिनको अवस्थामा रहेको छ ।
सो खाली सार्वजनिक जमीनको मोहना पारीपट्टीको करीव ३ विगाहा खेतीयोज्ञ जमीन स्थानियहरु मध्ये कसैले ठेक्का दिने र सो वाफत आएको हजारौ रुपैयाँ जसको हातमा प¥यो उसैले खर्च गर्ने परम्परा नै भएकोले गर्दा पनि बृक्षारोपण गरिएको ठाउँमा अन्य केहीगर्न नसकिएको समाजसेवी प्रदिप सोव बताउछन् ।
बृक्षारोपण गरिसकेपछी एकचोटी स्थानिय जनप्रतिनिधीहरु बाट अवलोकन र निरीक्षण गरिएतापनि त्यसपछि भने स्थानिय सरकारका कुनै प्रतिनिधीहरुले यस डल्फिन पार्कको बारेमा चाँसो त के निरिक्षण समेत नगरेको कुरा आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एक स्थानियले बताएकाछन् ।
समयको परिवर्तित अवस्था संगसंगै स्थानिय सरकारको लापर्वाहीका कारण हराभरा भएको सो पार्क संरक्षणको अभावमा पुनः चरिचराउ मैदानको रुपमा दिनप्रतिदिन परिणत हुदै गइरहेको छ ।
डल्फिन पार्क नामाकरण गरिएको यो ठाउँ केही समय पहिले हराभरा देखीने गर्दथ्यो भने आजको समयमा यो ठाउँ पुनः भैसि चरण र स्थानियहरुको घाँस काट्ने थलोको रुपमा स्थापित हुदै गईरहेको पाइन्छ । तसर्थ दुर्लभ जलचर प्राणीको सजिलै अवलोकन गर्न सकिने ठाउँमा रहेको यस पार्कको संरक्षण र सम्वद्र्धन पनि स्थानिय सरकारकै दायित्वमा पर्दछ । त्यसकारण स्थानिय सरकारले जतिसक्दो चाँडो यस पार्कका सम्वन्धमा योजना अगाडी बढाएर पुर्णरुपमा दायित्व बोध गर्न सक्नु पर्दछ ।
यसै सन्दर्भमा हामीले भजनी नगपालीकाका उपमेयर छाया देवकोटा र सम्वन्धित वडा नं ३ का वडा अध्यक्ष विक्रम चौधरीलाई सम्पर्क गर्दा आफुहरुलाई सो सम्वन्धमा त्यस्तो कुनै जानकारी नभएको वताए । (अगुवा सन्देशबाट)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *