Loading...
“पाञ्चजन्य शंख र यसको रहस्य”

—माण्डय हेमन्त, श्रावण १३
हामी सबैले शंख देखेकै छौ जहाँसम्म शंखलाई बजाएका छौं या बजाउने प्रयत्न गरेका छौ अर्थात शंखको पुजाआजा गर्ने गरेका पनि छौं । केही भएन भने शंखलाई घरमा सजावटका रुपमा राख्ने गरेकापनि छौं । आखिर जेहोस हामीले शंखको बारेमा जान्ने बुझ्ने प्रयत्न गरेका छौं । हामी सजिलै भन्नपनि सक्छौं कि समुन्द्रमा पाइने जलचर प्राणी शंखे किराको खोल नै हामीले बजाउने, खेलाउने, सोपिस बनाएर कोठामा राख्ने या पुजा गर्ने गरेको एक प्रकारको हड्डी जन्य वस्तु नै शंख हो ।
यही शंख मध्ये हामी आज यहाँ पाञ्चजन्य शंखको बारेमा चर्चा गर्ने छौं । पाञ्चजन्य शंखको बारेमा हामीले सुनेका छौं र यो शंखलाई हामीले प्राय कसैले देखेका पनि होलाऔं । तर यसको बारेमा हामीले कती बुझेका छौं त ? आऔं यस पाञ्चजन्य शंखको बारेमा हाम्रा धर्म ग्रन्थहरुले के भन्दछन् त्यसको बारेमा बुझ््ने कोसिस गरौं ।
तर हामी आज यहाँ हामीले माथि उल्लेख गरेकै वस्तु मध्ये दुर्लभ र अमुल्य द्वापरयुगमा भगवान श्रीकृष्णले प्रयोग गरेको पाञ्चजन्य शंखका बारेमा चर्चा गर्ने छौं । जसको बारेमा हामीले गत वर्ष माण्डव्य समाज नेपालको तर्फबाट “माण्डव्य वंशिय खोज अभियान” अन्तर्गत भारतको हरियाणा प्रदेशको करनाल जिल्लामा पुग्दा त्यहाँबाट केहि टाढा काछवा र बहलोलपुर गाउँका नजदिक माण्डव्य वंशिय पुर्खा पराशर ऋषिका आश्रममा पुगेका थियौं । सो आश्रममा पुग्दा हामीलाई पौराणीक कालको एउटा पाञ्चजन्य शंखको बारेमा सो ठाउँको अवलोकन गर्न लगेका त्यहाँका स्थानिय माण्डव्य वंशीय वन्धुहरुले जानकारी गराउनु भएको थियो। सो कुरा सुन्दा हामीलाई पनि सो शंखको बारेमा जान्ने र बुझ्ने इच्छा जागेर आयो । सो शंखको बारेमा हामीले पराशर आश्रमका प्रतिनिधीहरुसंग जानकारी लीयौं र यस शंखका सम्वन्धमा हामीले केही पौराणीक ग्रन्धहरुकोपनि अध्यन गर्ने अवसर प्राप्त ग¥यौं । सोही शंख सम्वन्धिको केही सन्क्षेपीकरण अंस आज यस पत्रिका मार्फत तपाई सम्पुर्ण पाठक वर्गहरुमा राख्न चाहन्छौं ।
द्वापरयुगको महाभारत कालमा श्रीकृष्णसंग पाञ्चजन्य शंख रहेको थियो । सोही समयमा महाभारतका बिर योद्धा युधिष्टिरसंग अनन्तविजय, भीमसंग पौंड्रिक, अर्जुनसंग देवदत्त, नवकुलसंग सुघोष र सहदेवसंग मणिपुष्पक नामका शंखहरु थिए । यि सबै शंखहरुको महत्व र शक्ति अलग अलग र भिन्नाभिन्नै रहेका छन् ।
शंखहरुको शक्ति र चमत्कारको बर्णन महाभारत तथा पुराणहरुमा उल्लेख गरेको पाइन्छ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यस, कृर्ति र लक्ष्मीको प्रतीकका रुपमा मान्ने गरिन्छ । सबैभन्दा महत्वपुर्ण कुरा त यो छ कि शंखलाई “नाद” को प्रर्तिक मानिन्छ । शंखको ध्वनीलाई शुभ मानिन्छ । प्राकृतिक रुपमा शंखहरु धेरै प्रकारका हुने गर्दछन् । विशेषगरि शंख ३ प्रकारका हुनेगर्दछन् ः— १) दक्षिणावृत्ति शंख, २) मध्यामावृत्ति शंख, ३) वामनावृत्ति शंखहरु हुन भने यि शंखहरुका अनेकौं उपप्रकारहरु पनि रहेकाछन् । आगामी दिनमा तिनिहरुको बारेमा पनि चर्चा गर्ने नै छौं ।
पाञ्चजन्य शंखको रहस्यः— पाञ्चजन्य शंख धेरै दुर्लभ शंखमा पर्दछ । भनिन्छ जव देव र दानवहरुले अमृत प्राप्त गर्नाकालागी समुन्द्र मञ्थन गरिरहेका थिए त्यति बेला १४ रत्नहरुको उत्पत्ति भएको थियो । तिनै १४ रत्न मध्ये ५ औं रत्नको रुपमा यस शंखको उत्पत्ति भएको मानिन्छ ।
पाञ्चजन्य शंखको बारेमा हाम्रा पौराणीक ग्रन्थ पुराण र महाभारतहरुमा यसरी एल्लेख गरेको पाइन्छ कि एक समय एक दैत्यराजले श्रीकृष्णका गुरुको छोरा पुनरदत्तलाई अपहरण गरेर लगे । श्रीकृष्णले आफ्ना गुरुपुत्रलाई दैत्यराजले अपहरण गरेर लगेको कुरा थाहा पाएर आफ्ना गुरुपुत्रलाई लिन दैत्यनगरीमा गए । त्यस ठाउँमा उनले एक विशाल शंखमा दैत्यराजलाई सुतिरहेको देखे । श्रीकृष्णले त्यस दैत्यराजलाई मारेर उक्त शंख आफुले लिए र त्यसपछि जव उनले आफ्ना गुरुपुत्रलाई दैत्यराजले मारेको र उनि यमलोकमा रहेको थाहा पाए । श्रीकृष्णपनि तत्काल यमलोकमा गए । यमलोकमा यमदुतहरुले उनलाई यमलोक भित्र प्रववेश गर्न दिएनन् । यमदुतको यस्तो हर्कत देखेर श्रीकृष्णले आफुसंग रहेको शंखलाई नाद गरे यानिकि बजाए । शंखको नादले यमलोक हल्लिन थाल्यो ।
त्यसपछि यमराज स्वयम आफै आएर श्रीकृष्णलाई मनाएर उनका गुरु
पुत्रको आत्मा फर्काई दिए । श्रीकृष्ण आफ्ना दाजु बलराम र गुरुपुत्रका साथ पुनः पृथ्विमा फर्केर आए । उनले आफ्ना गुरुपुत्रका साथमा पाञ्चजन्य शंखलाईपनि आफ्ना गुरुका समक्ष प्रसतुत् गरिदिए । श्रीकृष्णका गुरुले पाञ्चजन्य शंखलाई पुनः श्रीकृष्णलाई दिदै भने यो शंख तिम्रैलागी हो, यसलाई आवश्यकता अनुसार प्रयोग गर्नु । त्यसपछि श्रीकृष्णले आफ्ना गुरुको आदेशानुसार पाञ्चजन्य शंखको नाद गर्दै पुरानो युगको अन्त र नयाँयुगको प्रारम्भ भएको घोषणा गरेका थिए ।
पाञ्चजन्य शंखको शक्तिः— द्वापरयुगमा भगवान श्रीकृष्णसंग पाञ्चजन्य शंख रहेको थियो भन्ने कुराको उल्लेख हाम्रा धर्मग्रन्थहरमा अहीलेपनि पढ्न पाइन्छ र यसको बारेमा जानकारी लीन सकिन्छ । यो शंखको ध्वनी यानिकी आवाज कैयौं किलोमिटर टाढासम्म सुन्न सकिने र पुग्ने गर्दथ्यो । महाभारतका अनुसार यस युद्धमा पाञ्चजन्य शंखको ध्वनीले पाण्डव सेनामा उत्साह, जोश, जागर र उर्जा प्रवाह गर्दथ्यो भने कौरव सेनामा भय, डर र त्रासले व्याप्त गराउने गर्दथ्यो । यति मात्रै थिएन यस शंखको ध्वनी सिंह गर्जना भन्दापनि कैयौं ज्यादा भयानक हुने गर्दथ्यो ।
पाञ्चजन्य शंखलाई विजय र यसको प्रतिक मान्ने गरिन्छ । यस शंखमा ६ औलाको आकृति हुने गर्दछ । यि पाञ्चजन्य शंखहरु आजको समयमापनि भेटीने गर्दछन् । तर ति सबै चमत्कारी र विशेष महत्वका भने छैनन् । यस्ता शंखहरुलाई घरको वास्तुदोषबाट मुक्ति पाउनलाई स्थापित गर्ने गरिन्छ । पाञ्चजन्य शंखले राहु र केतु को दुष्प्रभावलाई पनि हटाउने गर्दछ भन्ने मान्यता रहि आएको पाइन्छ ।
पाञ्चजन्य शंख अहिलेको अवस्थामा कहाँ छ ?ः— हाम्रा धर्मसास्त्र, किवदन्ति तथा बुढ्यौलीहरुको भनाइका आधारमा द्वावपरयुगिन श्री कृष्णाको पाञ्चजन्य शंख आजको समयमापनि कहि कतै सुरक्षित अवस्थामा रहेको वताइन्छ । केहि इतिहासकारहरुका अनुसार यो शंख हाल भारतमा रहेको हरियाणा प्रदेशको करनाल जिल्ला करनालबाट १५ किलोमिटर टाढा पश्चिम दिशाको काछवा र बहलोलपुर गाउँका नजदिक पराशर ऋषिका आश्रममा राखिएको थियो र सो ठाउँबाट उक्त शंख चोरी भएको थियो । यस अलवा यो आश्रममा वैदिक परम्परासंग जोडीएका कैयौं अमुल्य वस्तुहरु पनि रहेका थिए ।
पौराणीक मान्यता अनुसार भगवान श्रीकृष्णले महाभारत युद्ध पश्चात आफ्नो पाञ्चजन्य शंख पराशर ऋषिको तिर्थ स्थलमा लगेर राखेका थिए । आज भन्दा करिव २६ वर्ष पहिले पराशर आश्रमका कोठाहरुको मर्मत सम्भार गर्ने बेला यहाँ एउटा अनौठो बाकस फेला परेको थियो भने यस बाकसमा अनेक थरीका अमुल्य वस्तुहरु भेटीएका थिए । त्यसै बाकसमा खोजीको सुचिमा रहेको द्वापरयुगिन भगवान श्रीकृष्णको पाञ्चजन्य शंखपनि भेटीएको थियो । यो शंखको बनावट विशेषखालको रहेको थियो । जव यो शंख भेटीयो तव यहाँका स्थानियहरुले यस शंखलाई बजाउन भर–कोशिस गर्दापनि शंख बजाउन सकेनन् । पछि सन २०१३ अप्रेल २० तारीखका दिन यो शंख रहस्यमय तरिकाले चोरी भएको वताइन्छ ।
यसलाई नाद गर्न अर्थात यसलाई बजाउन एक तर्फबाट फुक्नु पर्दथ्यो भने शंखको आवाज ६ ठाउँबाट एकैचोटी निस्कने गर्दथ्यो भन्ने कुरा ग्रन्थहरुमा उल्लेखगरेको पाइन्छ । यसका अतिरिक्त कसै कसैको मतमा श्रीकृष्णले आफ्नो पाञ्चजन्य शंखलाई आदिबद्रीमा सुरक्षित रुपमा राखेकाछन् भन्ने पनि गरिन्छ ।
अन्तमा भन्नु पर्दा हामीले पनि आफुसंग भएका पौराणीक वस्तुहरुलाई यिनिहरु केही काम लाग्दैनन् भनेर फाल्तु चिज सम्झीदै नुनसंग साटेर केहीदिनको नुनिलो पन बनाउने कार्यबाट जोगीनु पर्दछ । कसलाई के थाहा तपाई हामीसंग भएका पौराणीक अर्थात पुख्र्यौली चिजवस्तुहरु हाम्रा पुर्खाहरुले आफ्ना सन्ततीहरुकालागी अमुल्य वस्तुको रुपमा संरक्षित गरेर राखेका हुन कि ? त्यसैले तपाई हामीसंग भएका त्यस्ता अमुल्य चिज वस्तुहरुलाई घरबाट हटाउदा अनेकौं पटक सोच्ने गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *