Loading...
टीकापुरमा चलीरहेको कारमा आग्यो लाग्यो, कार पुर्णरुपमा ध्वस्त

टीकापुर, श्रावण २५
कैलालीको टिकापुर बजार एर्पोर्ट नजिकै अहिले भरखरै बा ७ च ८३०९ नं को कारमा चलिरहेको अवस्थामा एक्कासी आगलागी भएको छ ।
आगलागीबाट कार पुर्ण रुपमा जलेर नष्ट भएको छ भने गाडिमा सवारहरु सबै सुरक्षित अवस्थामा रहेकाछन । नजीकै पार्कीङ्ग गरेर राखीएको एण्टा स्कुल बिसमा भने सामान्य क्षती भएको अवस्था रहेको छ । समयमा नै टीकापुर नगरपालीकाको दमकल नपुगेको भए डुलो क्षती हुने प्रत्यक्ष दशीहरुले वताएकाछन्् ।
गाडी कैलालीको भजनीमा रहेको र ड्रराइवरले तेल बढी खानथाल्यो भनेपछी टीकापुर ल्याएर ग्यारेजमा चेक गराउदा कारको समस्या बुझ्न चेकिङ्ग गर्ने समयमा एक्कासी कारमा आगो लागेको कुरा कार मालीक बसन्त देवलले बताएकाछन्् । तर उक्त कारमा कसरी आगो लाग्यो भन्ने कुराको अनुसन्धान भइरहेको टीकापुर स्थीत अस्थाइ ट्रफीक कार्यालयले जनाएको छ ।(अगुवा सन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *