Loading...
“साथीको महत्व” कथा संग्रह विमोचन, किताव बिक्रीको केही रकम छात्रवृद्धीमा

टीकापुर, भाद्र २
कैलालीको टीकापुरमा कथा १० मा अध्यनरत १५ वर्षीय हेमलम्ब माण्डव्य द्वारा लीखित कथा संग्रह “साथीको महत्व“ नामक कृती २०७६ भाद्र १ गते आइतबारकादिन कथाकार माण्डव्यका हजुर बुवा स्व.श्रीप्रसाद भण्डारी माण्डव्यको ८७ औं वर्ष स्मृती दिवसको अवसरमा पारेर एक कार्यक्रमका बीच विमोचन गरीएको छ ।
२०६१ साल श्रावण २५ गते यस धर्तिमा बुवा हेमन्तराज र आमा हेमलताको कान्छो छोराको रुपमा जन्म लिएका हेमलम्व माण्डव्य गत श्रावण २५ गते १५ वर्षका पुगेकाछन् । उनले यो कथालेखन ११ वर्षको छदा २०७२ साल देखी नै सुरु गरेका थिए ।
कथाकार माणडव्यले आफ्नो कितावमा लेखेकाछन यो लेखनीको उपदेशाकार अर्थात प्रेरणाकार हजुर बुवा श्रीप्रसाद भण्डारी माण्डव्य र यसका उत्प्रेरणाकारण बुवाआमा हेमन्तराज र हेमलता माण्डव्य रहेको र दाजु हेमराज माण्डव्य तथा दिदि हेनुका माण्डव्यले कथा संग्रह प्रकासनमा महत्वपुर्ण भुमीका खेलेको बताएकाछन् । यसका साथै पारीवारीक सदस्य, स्कुलका गुरु–गुरुआमाहरु, साथीभाई सबैको सहयोग र माया ममता स्नेह सहयोग रहेको वताएकाछन् । कथाकार माण्डव्य अहीले सन्तनिरंकारी आदर्श विध्या मन्दिर माध्यामिक विध्यालय टीकापुरमा कक्षा १० मा अध्यनरत छन् । उनी आफ्नो स्कुलमा सान्त स्वभावका सुशिल र आज्ञाकारी रहेको उनी अध्यनरत स्कुलका गुरु–गुरुआमाहरुले वताउने गरेकाछन् । एक्लै र सान्तरुपमा बस्न रुचाउने बाल कथाकार माण्डव्य हेर्दा सान्त सुशिल नै देखिन्छन् ।
कथाकार माण्डव्यका कथाहरु बिभिन्न पत्रपत्रीका र अनलाईनमा पनी प्रकासीत भइसकेकाछन् । “साथीको महत्व“ नामक कथा संग्रह उनको पहीलो प्रकासीत कृती हो । यसमा उनका ८ वटा महत्वपुर्ण कथाहरु समेटीएकाछन् । कथाहरुले विशेषगरी समाजलाई रुपान्तरणगर्न आफु रुपान्तरण भएपछीमात्र सम्भव छ भन्ने कुराको सन्देश दिइरहेकाछन् । यसका अलवा इको सिस्टम, अहमता, अहिलेको परिस्थितीको राजनिती, व्यक्तित्व र आदर–सत्कार जस्ता अन्य थुप्रै सामाजीक कृयाकलापका कुराहरुको बारेमा उल्लेख गरिएकाछन् ।
यसै सन्दर्भमा उनको प्रकासोन्मुख कथा संग्रह “साथीको सहयोग“ भन्ने दोस्रो कृती पनी निकट भविष्यमा प्रकासनमा आउने जनाईएको छ ।
कथाकार माण्डव्यको कथासंग्रह “साथीको महत्व“ नामक कृतीको अगुवा सन्देश राष्ट्रिय साप्ताहीक टीकापुरले प्रकासकको जिम्मेवारी बहन गरेको छ । प्रकासक अगुववा सन्देशका अनुसार बाल कथाकार हेमलम्व माण्डव्यको कथा संग्रह “साथीको महत्व“ कृतीलाई प्रकासन गर्ने जिम्वेवारी पाइएकामो गर्व महसुस गरिएको छ । अगुवा सन्देशको तर्फबाट कथाकार माण्डव्यलाई उज्जवल भविष्यको कामना पनी गरिएको छ ।
त्यसैगरी प्रकासित कृतिलाई विमोचन गर्ने जिम्मेवारी सन्त निरंकारी आदर्श विध्या मन्दिर माध्यामिक विध्यालय टीकापुरले लिएको र यस कार्यक्रमको आयोजनापनी सोही बिध्यालको रहेको थियो ।
बिद्यालयका अध्यक्ष श्रीराम काफ्लेको अध्यतामा भएको विमोचन कार्यक्रममा सन्तनिरंकारी आदर्श विद्या मन्दिरका प्रमुख गुठियार नरबहादुर रावलले उक्त कथा संग्रहको बिमोचन गरेका थिए । कथाको समिक्षा साहित्यकार कण्ठराज गिरीले गरेका थिए । प्रकासकको तर्फबाट कथा संग्रहको बारेमा अगुवा सन्देश राष्ट्रिय साप्ताहिकका प्रकासक हेमन्तराज माण्डव्यले प्रकास पारेका थिए भने विमोचित शुभकामना नारायण तिमिल्सैना, देवानंद रिमाल, बलबहादुर रावल, विद्यालयका शिक्षक टेककहादुर चन्द, महादेव भण्डारी लगायतले विमोचित सुभकामना दिएका थिए । टीकाुर क्षेत्रका मिडीयाको बाक्लै उपस्थिती रहेको सो कार्यक्रमको स्वागत विद्यालयका प्रिन्सिपल ज्ञानेन्द्र जोशीले गरेका थिए भने संचालन विद्यालयका शिक्षक कन्तिप्रसाद ज्ञवालीले गरेका थिए ।
स्मरण रहोस उक्त कथा संग्रहबाट उपलव्ध भएको रकम मध्ये केही रकम सोही विद्यालय तथा अन्य केही विद्यालयका नौला प्रतिभाहरुलाई प्रोत्साहन स्वरुप केही पढाई खर्च स्वरुप छात्रवृद्धी प्रदान गर्ने पारीवारीक स्रोतबाट जनाईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *