Loading...
इलाका प्रहरी कार्यालयद्वारा सुराकीको आधारमा बरामद गरेको २८५० चल्ला नष्ट

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र, १३ इलाका प्रहरी कार्यालयबाट खटिएको मोबाइल टोलीले अबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको विशेष सुराकी को आधारमा कृष्णनगर नगरपालिका वडा नं १ मड्हा बाट १९ कार्टून प्रति कार्टून १५० चल्ला का दरले अन्दाजी २८५० चल्ला बरामद गरेको छ। बरामद गरिएको चल्ला लाई सुरही खोलामा स्थानीय, पशु क्वारेनटाइनका प्रतिनिधि लालमणि अर्याल, प्रहरी, पत्रकार आदिको उपस्थितिमा उक्त चल्ला नष्ट गरिएको छ। जस्को अनुमानित मुल्य १ लाख सम्म पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *