Loading...
गौ हत्याको घटनाप्रति विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण, कडा कारवाहीको माग

काठमाडौं । सुर्खेतको कटकुवा जंगलमा भएको सामूहिक गौ हत्याको घटनाप्रति विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

“हाम्रो देशको राष्ट्रिय जनावर गाईलाई हाम्रो पूर्वीय दर्शन र हिन्दू धर्म संस्कृतिमा आमा सरह मान्ने र पुजा गर्ने परम्परा रहिआएको छ । गौहत्या गर्नु महाअपराध हो, यस्तो गर्न पाइँदैन, गर्नेलाई कानुनबमोजिम कडा दण्डित गरिनु पर्दछ । महासंघका महासचिव अस्मिता भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ ।
उनले वक्तव्यमा भनेकी छन्, “त्यस्ता अपराधीको पहिचान गरी कानूनी दायरामा ल्याई कानुनबमोजिम दण्डित गर्नका निम्ति नेपाल सरकारसँग जोडदार माग गर्दछु । देशका विभिन्न ठाउँमा पर्याप्त गौशालाहरु नहुनु, छाडा छोडिएका चौपायाहरुको उचित व्यवस्थापनका निम्ति राज्यले उदासीनता देखाउनुले पनि गौहत्याले अझै प्रश्रय पाएको छ तसर्थ मुलुकका विभिन्न भागहरुमा उचित गौशालाहरुको व्यवस्थापनका निम्ति पनि नेपाल सरकारसँग आग्रह गर्दछु ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *