Loading...
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औ राष्ट्रीय दिवस कृष्णनगरमा मनाइयो
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र २०
कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज शान्ति पुनर्स्थापना गृह, अफान्त नेपाल, इलाका प्रहरी कार्यलय कृष्णनगर, कृष्णनगर नगरपालिका, राष्ट्रीय मानवाधिकार, लायन्स क्लब आफ कृष्णनगर,उद्योग वाणिज्य संघ कृष्णनगर लगायतका संघ संस्थाहरुले
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औ राष्ट्रीय दिवसको अवसरमा आज कपिलवस्तुको ईलाका प्रहरी कार्यलयदेखि बजार भ्रमण गर्दै कृष्णनगरको मुटु गोलघर रैली समाप्त गरियो।
कार्यक्रमका प्रमुख अतिथी कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह विशिष्ट अतिथी २ नं.वडाध्यक्ष संजय गुप्ता अतिथी इ.प्र.का.कृषृणनगरका  प्रहरी निरीक्षक प्रताप पौडेल,दिनेश गुप्ता, सशस्त्र प्रहरी बल कृष्णनगरका शसस्त्र प्रहरी निरीक्षक संगीत भट्ट,महिला अधिकारक्रमी मिना परियार,बुद्धी थापा,रेशम लाल गैरे लगायत श्री महेन्द्र मा.वि,सेन्टज्यूस इंग्लिस बोर्डिंग स्कूल र जलमोना लिटील एन्जल्स इंग्लिस बोर्डिंग स्कूल का विद्यार्थी,समाज सेवी,शिक्षाप्रेमी,भद्रभलादमी लगायत विभिन्न संघ संस्था का महिला पुरुष पत्रकार हरुको उपस्थिती रहेको थियो। उक्त कार्यक्रमका अध्यक्षता कृष्णनगर नगरपालिकाका न्यायिक समितीका अध्यक्ष सबनम खातुन ले गरेकी  थिइन्।यो क्षेत्रमा लगनशिलता र मेहनत का साथ सहयोग दिनु भएका सहयोगी हातहरुलाई यस कार्यक्रमबाट सम्मानित पनि गरेको के.आई नेपालका प्रमुख केशर विश्वकर्माले बताएका छन्।
उपस्थित सबै संघ संस्था बाट आएका प्रतिनिधी,बिद्यार्थी,सुरक्षाक्रमी,समाजसेवी ,पत्रकारहरु लाई धन्यवाद दिदै अगामी दिनमा यस्ता कार्यक्रमहरु होस भनेर शुभकामना दिदै नगरप्रमुख शाहले कार्यक्रम समापनको घोषणा गरेको शान्ती पुनर्स्थापना गृहका प्रमुख भूमिराज भट्टराई ले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *