Loading...
प्रदेश न: २ को राजधानी जनकपुरमा ३८ औं हफ्तामा समेत साप्ताहिक सरसफाई

प्रदेश न: २ को राजधानी जनकपुरमा महिला एवं बालबालिकाको पहल एवं सरसफाई अभियानी रूबी कुमारी झा तथा युवा सामाजिक सरसफाई अभियन्ता दिपक कुमार चौधरीको संयुक्त संयोजनमा मा आज शानिवार ३८ औं हफ्ता साप्ताहिक सरसफाई गारिएको छ।
आजको कार्यक्रममा सीता चौक देखी रेलवे ट्रैक,तरकारी बाजारको वरिपरी सरसफाई गरिएको छ भने फोहरको मुख्य कारण बजार भएको हुनाले त्यसलाई छिटै अर्को ठाउँ खोजी ठाउँ परिबर्तन गर्न वड़ा न.१को अध्य्क्ष सत्रुधन साहलाइ जानकारी गराउदा वहाँले बाजार छीटै अर्को ठाउमा सारिने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा अभियाणी सुदीप मंडल,दिबाकर झा,अजय झा,पप्पू यादव,आरती मंडल,तनबीर राइन,बिपिन झा,गोबिन्द महरा,स्टेशन चौकी प्रहरी स.ईं लेखनाथ खनाल लगायत ६ सदस्यीय टोली,बाल अभियाणी दक्ष झा सहित स्थानीय टोल बासीहरुको बिशेष सहभागिता थियो।
कार्यक्रममा कामाख्या परिबार नेपालको अध्यक्ष हाम्रो दाई बिभास लाभ द्वारा सब अभियाणीलाइ आफ्नो संस्थाको नाम अंकित ट्रैकसूट प्रदान गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *