Loading...
प्रदेश २ लोकसेवा आयोगका अध्यक्षमा यादवले लिए पद तथा गोपनियताको सपथ

प्रदेश २ मा प्राध्यापक सुरेन्द्रप्रसाद यादवले प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पद तथा गोपनियताको सपथ लिनु भएको छ । आज मधेश भवनको कवर्ड हलमा आयोजित एक समारोहबिच उहाँलाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराउनु भएको हो ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको समितिको सिफारिसमा प्रध्यापक यादवलाई प्रदेश लोकसेवा आयोगमा नियुक्त गरिएको थियो ।
यस्तै प्रदेश २ को नीति आयोगको सदस्यमा प्रध्यापक डा. भोगेन्द्र झा नियुक्त हुनु भएको छ । सोहि अवसरमा उहाँलाई समेत प्रमाणपत्र प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *