Loading...
शिवराज नगरपालिकाले मनायो ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस
कपिलवस्तु,
भाद्र २२। कपिलवस्तुको शिवराज नगरपालिकाले आयोजना गरेको उक्त समारोहको अध्यक्षतामा नगर प्रमुख नेत्रराज अधिकारी, प्रमुख अतिथिमा प्रदेश नं.५ का प्रदेश सदस्य अर्जुन  के.सी. लगायत नगर-उप प्रमुख ,सम्पुर्णका वडाध्यक्ष र नगर भित्रका सम्पुर्ण सरकारी र निजि विद्यालय का प्र.अ.हरुको उपास्थिति रहेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य  नगर शिक्षा शाखा प्रमुख शिक्षा सचिव लोक राज पन्थी र शुभ कामना मन्तव्य जन चेतना मा. वि. लक्ष्मणपुर का प्र.अ.अर्जुन प्रसाद खनाल ,नेपाल आदर्श मा.बि. शिवपुर का प्र.अ. मुक्तिनाथ पोख्रेल ले दिनुभएका  छन।
यस कार्यक्रममा ०७५ सालको SEE परीक्षाको नतीजालाई नगर स्तरमा बिश्लेषण गर्दा उत्कृष्ट नतीजा ल्याउन सफल विद्यार्थी र विद्यालयहरुलाई  स- सम्मान सहित बिद्यार्थीहरु नगद राशी दिई पुरुस्कृत गरिएको छ। नगर भित्रका सामुदायिक र निजि विद्यालय लाई छुट्टा छुट्टै रुपमा नतीजा बिश्लेषण गरिएको छ।
सामुदायिक बिद्यालय तर्फ नगर प्रथम हुने जन चेतना सामुदायिक मा.बि. लक्ष्मणपुर , द्धितिय नेपाल आदर्श मा.बि.शिवपुर र तृतीय समय थान मा.बि. खरेन्द्रपुर रहेका छन भने संस्थागतमा प्रथम शिवगढी़ ई.बो. स्कुल क्रमश : अवर मादरलेण्ड ई.बो.स्कुल र  सनराइज ई.बो. स्कुल भएका छन । बिद्यार्थी मा सामुदायिक विद्यालय को छात्र तर्फ जनचेतना मा.बि. को राम प्रसाद चौधरी (३.७६ जी.पी.ए )र नेपाल आदर्श मा.बि. को सन्तोष खत्री(३.७६ जी.पी.ए) ल्याई दुबै जना नगर प्रथम भएका हुन भने छात्रा तर्फ नेपाल आदर्श मा.बि.को भावना पाण्डे (३.७६ जी.पी.ए)भएकि छिन ।संस्थागत तर्फ छात्रमा शिवगढी़ इ.बो. स्कुल को बिशु पाण्डे ३.८५ र मदरल्याण्ड इ.बो.को रितिश कंडेल नगर प्रथम भएका छन र छात्रा मा  हंस बहिनि ई.बो .स्कुल कि सन्ध्या अधिकारी (३.८५ जी.पी.ए) ल्याई नगर प्रथम भएकि छिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *