Loading...
राष्ट्रिय युवा संघ नेपालको संगठनात्मक एकता प्रक्रियाका बारेमा भयो यस्तो निर्णयहरु

वाइसिएल नेपाल र युवा संघ नेपालबिच एकता भई बनेको राष्ट्रिय युवा संघ नेपालको संगठनात्मक एकता प्रक्रियाका बारेमा संगठनका इन्चार्ज महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक रमेश पौडेल उपस्थित विषेश बैठकले विभिन्न बिषयमा निर्णयहरु गरेका छन् ।

संघको केन्द्रिय समिति ३३५ सदस्यिय बनाउनका लागि पार्टीसँग अनुमति मागेको छ भने ४ पछि मनोनित गर्ने गरी ३३१ मध्य साविक युवा संघ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्य चयन गरिने निर्णय समेत गरेको छ ।
त्यसैगरी केन्द्रिय समितिको एकतिहाईले हुन आउने १११ सदस्यिय सचिवालयमा साविक वासिएल नेपालबाट ५२ र साविक युवा संघ नेपालबाट ५७ सदस्य चयन हुने भएको छ ।
केन्द्रिय कार्यालयको ९ सदस्यका लागि साविक युवा संघ नेपालबाट ५ र साविक वासिएल नेपालबाट ४ सदस्य चयन गरिनेछ भने संगठनको केन्द्रिय कार्यालय काठमाडौंको पेरिसडाँडामा रहनेछ । यसअघि पस्तावित मस्यौदा विधान यो निर्णय समावेश गरी पारित गरिएको छ ।
७ प्रदेशमध्ये ३ मा साविक वाइसिएल नेपाल र ४ मा साविक युवा संघ नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ ।
त्यसैगरी ७७ जिल्लामध्ये ४२ जिल्लामा साविक युवा संघ नेपालले र ३५ जिल्लामा साविक वाइसिएल नेपालले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिनेछ ।

एकता प्रक्रियालाई शिघ्र टुग्याउँन यहि भदौं २७ गते साविक पदाधिकारीको संयुक्त बैठक, कार्यालय उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको छ । साथै नयाँ चयन हुने केन्द्रिय समतिको बैठक अशोज ९ गते काठमाडौंमा बस्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *