Loading...
सिंगो देश आक्रान्त भयो, स्वास्थ्यमन्त्री यादवको तत्काल राजीनामा माग गर्दछु- सांसद गौतम

६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले डेंगु नियन्त्रण गर्न असफल भएको भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका छन् । देश डेंगुले आक्रान्त भइसक्दा पनि सरकार मुकदर्शक बनेको भन्दै सांसद गौतमले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवको राजीनामा माग गरेका हुन् ।

उहाले भन्नुभयो -“स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ ? अब त प्रधानमन्त्रीज्यू पनि आइसक्नुभयो । यो बेलामा चुप लागेर बसेर हुँदैन’ उनले भने ‘रुलिङ गरेको भरमा झारा टारेर हुँदैन, म स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु ।

स्वास्थ्यकर्मी पनि यसबाट पीडित हुनुहुन्छ । ३ हजार जनता डेंगुबाट पीडित छ । सिंगो देश आक्रान्त छ । तर सरकार मौन छ । म यसमा घोर आपत्ति जनाउँदै स्वास्थ्यमन्त्रीको तत्काल राजीनामा माग गर्दछु’ सांसद गौतमले भन्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *