Loading...
५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने, दसैंमा टिकट भाडादरसमेत नबढ्ने

दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुला गर्ने निर्णय भएको बताउनु भयो ।

दसैंमा टिकट भाडादरसमेत नबढ्ने भएको छ । यातायात व्यवसायीले पार्टपुर्जा र कर्मचारीको तलब धेरै बढेको तथा उपत्यकाबाट यात्रु लिएर जाने र उपत्यका भित्रिँदा खाली आउनुपर्ने अवस्था रहेकाले भाडाको विषयमा समस्या बुझिदिन सरकारसँग आग्रह गरेको समाचार आजको राजधानी दैनिकमा प्रकाशित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *