
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र २७ कपिलवस्तु जिल्लाको सशस्त्र प्रहरी बल कृष्णनगरबाट सशस्त्र प्रहरी निरिक्षक संगीत भट्टको कमाण्डमा खटिएको मोबाइल टोलीले कृष्णनगर नगरपालिका वडा नं ३ मा भारतबाट नेपाल तर्फ झोला बोकी आउदै गरेका व्यक्तिले खटिएको उक्त मोबाइल टोलीलाइ देख्न साथ झोला फालेर भारत तर्फ भागि गएको र उक्त झोला चेक जांच गर्दा ( sentivin-1) ३०० पत्ता जम्मा ३००० गोटा र( Zensolin ) ३०० पत्ता जम्मा ३००० गोटा अबैध औषधी बरामद गरि आज सशस्त्र प्रहरी बल कृष्णनगर को प्रांगणमा सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरीका प्रतिनिधि र कृष्णनगर स्वास्थ्य चौकीका हेल्थ अस्टिटेंट सिराजु अन्सारी लगायत को उपस्थितीमा नष्ट गरिएको छ। उक्त औषधीको अनुमानित मुल्य १,५०,०००-/ एक लाख पचास हजार पर्ने कुरा सशस्त्र प्रहरी बल कृष्णनगर नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाहीले जानकारी दिए।
Facebook Comments