Loading...
राज संस्था संघर्ष समितीद्धारा राज संस्थाको महत्तव र हिन्दु राष्ट्र कायम गर्न अन्तरक्रीया

राज संस्था पुनरस्थापना संघर्ष केन्द्रिय कार्य समितीद्धारा वीरगंजमा राज संस्थाको महत्तव र हिन्दु राष्ट्र कायम गर्नुको लागि वीरगंजको घण्टाघरमा खुला अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेका छन् । राज किशोर चौबेको अध्यक्ष्तामा भएको कार्यक्रममा विभिन्न संघ संगठनमा आबद्ध राजाबादीहरुले वीरगंजको घण्टाघर मुनी खुला मञ्ज बनाई (राजतन्त्र ल्याउ ,नेपाल बचाउ) नाराका साथ अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा नेपालमा भईरहेका जनता प्रती दुखद घटना, राष्ट्र को विकास, जनताहरु करको मारमा होमिन्दै गएको लाई खुल्ला अन्तरक्रीया मार्फत आँखा खोलिएको अध्यक्ष राजकिशोर चौबेले जानकारी दिनु भएको छ । राजा आउ देश बचाउ कार्यक्रम मा राज संस्था पुनरस्थापना केन्द्रिउ संघर्ष समितीका अध्यक्ष राजकिशोर चौबे, जिल्ला अध्यक्ष सती श्रविास्तव , अन्य राजावादीहरुमा विरेन्द्र थापा, पशुपति विक्रम शाह, उषा शाह, राम बहादुर थापा , विगा राउत गद्दि, सत्तार अन्सारी, लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *