
ओम प्रकाश यादव
असोज १ गते, रौतहट । एनसेल कम्पनीले सरकारलाई अर्बौ रुपैया कर तिर्न बाँकी राखेको भन्दै समाजवादी पार्टी नेपालका भातृसंगठन समाजवादी युवा संघ रौतहटले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
एनसेल कम्पनीले सरकारलाई ४० अर्ब रुपैया कर तिर्न बाकी राखेको भन्दै एनसेललाई हदैसम्मको कार्यवाही गर्न माग गर्दै समाजवादी युवा संघ जिल्ला कार्य समिति रौतहटले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
समाजवादी युवा संघका रौतहट जिल्ला अध्यक्ष कौशर खान मिथिलाको अध्यक्षतामा संघका केन्द्रिय सदस्य दिनेश यादव, जिल्ला कोषाध्यक्ष शेख मसतकिम आलम लगाएतका नेताहरुले आज दिउँसो जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा बढ्दो भ्रष्टाचार महंगी वेतिथि, विभिन्न स्वदेशी र विदेशी कम्पनीहरूले सरकार लाई तिर्नपर्ने कर लगायतका राजस्व नतिरि उम्कन खोज्नुले नेपाल आर्थिक रूपमा विफल हुने समाजवादी युवा संघको ठहर छ ।
पछिल्लो समय विदेशी कम्पनी एनसेलले समेत नेपाललाई आर्थिक रूपमा कर नतिरि कमजोर पार्ने सडयन्त्र रचेको ज्ञापन पत्रमा उल्लेख छ ।
बढ्दै गरेको भ्रष्टाचार, महँगी,बेतिथि र सुशासनका सवालमा वर्तमान सरकार गम्भीर हुनुपर्छ भन्ने हाम्रो ठम्याई रहेको समाजवादी युवा संघले ज्ञापन पत्रमा उल्लेख गरेका छन ।
कार्यपालिका,न्यायपालिका र व्यवस्थापिकालाई जनताले शंकाको दृष्टिकोणले हेर्नुपर्ने अवस्थाको सूजना हुनु,देशको रिऋ १० खर्ब भन्दा बढी हुनु, व्यापार घाटा आकाशिनु ईत्यादि हाम्रो लागी चिन्ताका बिषय ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
हाम्रो माग सरकारले सम्बोधन नगरे सरकारविरुद्ध विभिन्न संघर्षका कार्यक्रम घोष्णा गर्न बाध्य हुने युवा संघले चेतावनी दिएको जिल्ला अध्यक्ष मिथिलाले बताए ।
Facebook Comments