Loading...
आजैबाट राजपाले थाल्यो संविधानको विरोधमा प्रदर्शन, मन्त्रीदेखि जनप्रतिनिधि समेत सहभागी

राजविराज — राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले संविधान दिवसको विरोधमा प्रदर्शन गरेका छन् ।

बिहीबार बिहानदेखि नै राजविराजस्थित गजेन्द्र चोकमा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहसहित जिल्लाका स्थानीय तहमा राजपाबाट निर्वाचित जनप्रतिनिधिहरु र कार्यकर्ताहरुले कालो झन्डा प्रदर्शन गरे ।

गजेन्द्रनारायण सिंहको सालिक परिसरलाई सरसफाई गरेपछि उनीहरु संविधानविरुद्ध नाराबाजीमा उत्रिएका थिए ।

प्रदर्शनमा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, राजपा केन्द्रीय सह महासचिव गजेन्द्र मण्डल, केन्द्रीय सदस्य दिनेश कुमार यादब, राजपा सप्तरी संयाेजक हरेराम यादब, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, जिल्ला समन्वय समिति सदस्यहरु, विभिन्न गाउँपालिका र नगरपालिकाका वडा सदस्यहरुसहित राजपाका केन्द्रीय, प्रदेश र स्थानीय तहका कार्यकर्ताहरु सहभागी रहेका थिए ।

यसैबीच संविधान दिवस समारोह समिति सप्तरीको आयोजनामा बिहीबार बिहान राजविराज नगरको विभिन्न भागको सरसफाई गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *