
ध्यान बहादुर राइ – (नेता समाजबादी पार्टी)
आजको दिन र हाम्रो कर्तव्य
———————————
१:आज वर्तमान सम्विधान जारी भएको दिन । सम्विधान जारी हुँदादेखिनै यो सम्विधानको पक्षमा दिपावली गर्ने पक्ष र कालो दिन मनाउँने पक्ष देखापरेको हो । वस्तुत : सम्विधान जारीगर्दाको समयमा दिपावली गर्ने पक्ष, कालोदिन मान्ने पक्ष र कुनै प्रतिकृया नदिएर भित्रभित्रै असन्तुष्ट रहेको पक्षगरि तिनवटा पक्ष थियो। यी तिनथरिमा आफैभित्र पनि एकरुपता थिएन। अहिले आइपुग्दा सम्विधानलाइ मानेको भनिने पक्षभित्रै सम्विधानको पक्षमा वकालत गरेझैंगर्ने तर यस्को मर्ममाथी छुराचलाउँने क्षद्म गतिविधि हावी हुँदैगएको देखिदैछ। त्यसैगरी वर्तमान सम्विधानमा खोट देखाउँने देखि सम्विधानलाइ सम्पुर्णरुपमा अस्विकार गर्ने पक्ष भिन्न भिन्न उद्देस्यकासाथ अघिवढेको देखिदैछ। यस्तोमा प्राप्त उपलव्धिलाइ जोगाउँदै अपुग कुराहरुको प्राप्तिकोलागी हाम्रो ध्यान केन्द्रीत हुनुपर्दछ। र विगतको द्वन्दको अवसेषहरुलाइ समाप्त पार्दै भावी द्वन्दका आधारहरुलाइ साघुरयाउँनु पर्दछ ।
२: अहिले मुख्यत: तिनवटा प्रवृती देखापर्दै गएकोछ । पहिलो,सम्विधानको पक्षमा वकालत गरेझैं गर्ने तर सम्विधानको मुल मर्ममाथी प्रहार गर्ने, अधिकारलाइ जतिसक्दो केन्द्रीकरण गर्ने। भ्रष्टाचार, अनिमियतता, चर्को कर, फजुल तथा विलासी सुविधालाइ प्रोत्साहित गरि सङ्घियता विरोधी जनमत तयार गर्ने। दोश्रो,सम्विधानको विरोध गर्ने,कालो दिन भनेर नभनेर,जानेर नजानेर प्राप्त उपलव्धिलाइ कमजोर पार्ने काम उपयुक्त होइन तर यसो हुँदैछ । किनभने अपुर्णताको वावजुद पनि वर्तमान सम्विधानको निर्माणको जग केन्द्रीकृत शक्ति र अधिकारको वाँडफाँड हुनुपर्छ भन्ने जगमा खडा भएको हो। कमजोरीको वावजुद यस्को मर्म र भावनाको रक्षाहुनुपर्दछ।
तेश्रो प्रवृती छ-गणतन्त्र,सङ्घियता र धर्मनिरपेक्षतालाइ अस्विकार गर्ने पक्ष । जो सम्पुर्ण रुपमा सम्विधानलाइ अस्विकार गर्दछ।सम्विधान जारीगर्ने पक्षभित्र पनि यो प्रवृतिको छुपेरुस्तम समर्थक छन भने सम्विधानको अपुर्णताको विरोधी जनमतलाइ पनि भर्सक उपयोग गर्ने वहाना खोजिरहेका छन उनिहरु। त्यसैगरी सम्विधानको प्रगतिशील पक्षलाइ जोगाँने कामलाइ कम महत्वदिने केवल कालो दिन मनाउँने नाममा सम्विधानको धज्जिमात्रै उडाउँनाले घुमाउरोगरी यो प्रवृतिलाइ सघाउँ पुरयाउँने खतरा छ । यस्तोमा,-सम्विधानको प्रगतिशील पक्षलाइ चिनौं र जोगाउँ।
-कालो दिन मनाएपनी नमनाएपनी अपुरो अधुरो कुरालाइ हाँसिल गर्ने गरि शक्ति आर्जन गरौँ ।
-न दिपावली न कालो दिन भन्नेमा धेरै अलमल नगरौं। ३ तहको निर्वाचनमा भाग लिनु, तिनै तहको सरकारमा सहभागी समेत हुनुले हामीले यो सम्विधानलाइ ससर्त मानेकै हो। यस्को अर्थ हो हामीले यो सम्विधानलाइ आलोचनात्मक समर्थन गरेका छौं। र यो नै सहि,उचित र आवस्यक अडान पनि हो।
-प्राप्त उपलव्धिको रक्षा गरौं थप उपलव्धिकोलागी सङघर्ष गरौं।
Facebook Comments