Loading...
मधेशसहित काठमाडौंको मुटु बसन्तपुर, इन्द्रचोक, असनमै असोज ३ कालो दिन भन्दै प्रदर्शन

सरोज खिलाडी

३ असोज, काठमाडौं । मधेशमा राजपा नेपालले असोज तीन, कालो दिन भन्दै प्रदर्शन गरिरहदा यता राजधानी काठमाडौँमा आदिवासी जनजाति, मधेसी, दलित, थारु समुदायका विभिन्न संघसंस्थाले संविधानको विरोधमा प्रदर्शन गरेका छन् । उनीहरुले असोज तीन, कालो दिन भन्दै बसन्तपुरदेखि इन्द्रचोक हुदै असन लगायतका क्षेत्रमा प्रदर्शन गर्दै बसन्तपुरमा कोणसभा समेत गरेका थिए ।

कालो टिसर्ट लगाएका सहभागीहरुले विरोध र्‍यालीमा कालो ब्यानर नै बोकेका थिए । संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको भन्दै प्रदर्शनकारीले संविधान अपुरो र प्रतिगामी रहेको भन्दै संशोधनको माग गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *