Loading...
कांग्रेस र कम्युनिष्ट मुलुक हाँक्न सक्दैनः उपाध्यक्ष चेम्जोङ

आरजू÷पोखरा, असोज ३

समाजवादी पार्टीका उपाध्यक्ष रकम चेमजोङले कांग्रेस, कम्यूनिष्ट पार्टीहरु बिचारबिहिन पार्टीहरु भएकोले मुलुक हाँक्न नसक्ने भएकाले नै वैकल्पिक शक्तिको रुपमा समाजवादी पार्टी उदाएको दावी गर्नुभएको भएको छ ।

समाजवादी पार्टी गण्डकी प्रदेशले शुक्रवार पोखरामा आयोजना गरेको “संविधान संशोधन आवस्यक्ता र अपरिहार्यता” विषयक अन्र्तक्रिया कार्यक्रममा पूर्वमन्त्री रहिसक्नु भएका चेमजोङले सर्वहाराका लागि लड्छु भनेर लडेका नेताहरु सर्वहारा छोडेर कमाउ धन्दामा लागेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो ः“उनिहरु बिचारबिहिन भईसके, सत्ताको वलको आधारमा कमाउ धन्दामा लागेका छन्, भ्रष्टाचारमा डुबेका छन्, उनिहरुको बिचार स्खलित भएको छ, अब उनिहरु संधै टिक्दैनन् ।” त्यसैले समाजवादी शक्ति उनिहरुको विकल्पको रुपमा आएको हो ।

मुलुकभरी संविधान दिवश मनाई रहँदा राजपाले कालो दिनको रुपमा किन मनायो ? सरकारले मतलव गरेन, हामी संविधान अपूरो छ भनेर सर्तसहित सरकारमा गयौं, त्यहिबाट आफ्नो माग पूरा गराई छाड्छौं भनेर लागिरहेका छौं, चेमजोङले भन्नुभयो ः“संविधान दिवशको अवसरमा संविधान दिवश मनाउने रहर हामीलाई पनि थियो तर संविधान अपूर्ण भएकोले संशोधनको माग गर्दै सातै प्रदशेमा छलफल चलायौं ।” उदेश्य पूरा नहुञ्जेल सरकार, सदन र सडकमा लोकतान्त्रिक आन्दोलनको बाटोलाई तिब्र बनाईरहन्छौं ।

चेमजोङले संविधानमा भएका त्रुटिहरुलाई नसच्याएसम्म आन्दोलन भईरहने र आन्दोलनबाटै दलित, उत्पिडित, आदीवासि, महिला, मधेशीका अधिकारहरु पूरा हुने विश्वास व्यक्त गर्नुभयो । हामीले संविधानलाई पूर्ण रुपमा अस्वीकार गरेका छैनांैं, राम्रा कुराहरु पनि छन् तर हामीले देखेको उत्कृष्ट र वैज्ञानिक निकास पहिचानको आधारमा ११ प्रदेशको अवधारणालाई उठाईरहेका छौं ।”

अहिले जनता धेरै निरास भईसकेका छन्, १० वर्ष जनयुद्ध गरेर पहिलो पार्टी बनाएका र अहिले एमालेमा मिसिएका प्रचण्डले पनि उपलव्धिलाई छोडेर उतै लम्पसार हुनुभयो, जस्ले आदीवासिको विरोध गर्छ, पहिचानको विरोध गर्छ, अधिकारको वेवास्ता गर्छ, मुलुकमा धर्मनिरपेक्षतालाई स्वीकारेको छैन, त्यस्तो कम्यूनिष्ट पार्टीबाट केहि आसा गर्न सकिन्न उहाँले बताउनु भयो । अब संविधान संशोधनको बाटो बाहेक निकासको अर्को विकल्प नभएकोले नेपाली समाजलाई समृद्ध बनाउनकै लागि उच्च जनमत तयार गर्दै बढेकोले कसैले रोक्न नसक्ने दावि गर्नुभयो ।

कार्यक्रममा समाजवादी पार्टी केन्द्रीय सदस्य तथा गण्डकीका ईन्चार्ज गणेशमान गुरुङले संविधानमा संशोधन गर्नुपर्ने बुदाँगत प्रस्तुति गर्नुभएको थियो । दुई बुँदे सहमतिका आधारमा दुइतिहाई पुर्याउन सरकारमा सहभागी भएको समाजवादी पार्टी संविधान संशोधन गर्ने पहल नभए सरकारबाट बाहिरिनु पर्ने बताउनुभयो।

पुर्व संविधान सभाका सदस्य डिवी नेपालीले संविधान सभाको मर्म अनुसार नभई सभासदलाई बन्दक र पार्टी व्हीप लगाएर जारी गरिएको संविधानका खोटहरु शंसोधन गरी जनअपेक्षाकृत बनाउन पहल गर्नुपर्ने बताउनुभयो । केही नेताहरुले तारे होटलमा बसेर स्वार्थ अनुकुल गरिएको सहमतिको रुपमा संविधान ल्याइयो र उक्त संविधान राष्ट्रपतिले समेत पढ्न पाउनुभएन, अधुरो र अपुरो संविधान संशोधन गर्नुपर्ने बताउनुभयो।

समाजवादीका नेता तथा पुर्व सांसद महेन्द्र थापाले पहिचान सहितको ११ प्रादेशिक संरचनामा जाने लक्ष्य भएकोले संघियताको मर्म अनुसार प्रदेशको बाँडफाँड र दवाईएको बहुलतालाई संविधान संशोधनबाट जिवित बनाउने उदेश्य रहेको बताउनु भयो । संविधान दिवसलाई पञ्चायतमा जस्तै जयजयकार र कालो दिन भन्नेहरुले मुलुकलाई अराजकतातर्फ लैजान चाहेकाले समाजवादी पार्टीले संविधान संशोधन गरी सबैको भावनाको सम्बोधन गर्नुपर्नेमा जोड दिएको बताउनुभयो।

समाजवादी पार्टी गण्डकी प्रदेश अध्यक्ष मोति रिजालको अध्यक्षता, उपाध्यक्ष काशीमाया गुरुङले स्वागत र उपाध्यक्ष दिपक तामाङले कार्यक्रम संचालन गर्नुभएको थियो

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *