
संघिय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टिविच भएको एकता प्रक्रियालाई निरन्तरता दिदैं आज मिति २०७६।०६।०४ गते सिरहा जिल्ला समाजवादी पार्टि ले अशोक यादवको अध्यक्षतामा ८७ सदस्य जिल्ला समन्वय समिति समायोजन गरी मधेश प्रदेश समित मुख्य सचिव शम्भु झाले घोषणा गरेको छ ।
उक्त समायाजन कार्यक्रमनव गठीत अध्यक्ष अशोक यादवको अध्यक्षतामा सम्पन्न भएको छ भने प्रमुख अतिथी समाजवादी पार्टि मधेश प्रदेश समिति अध्यक्ष केन्द्रिय समिति कोषाध्यक्ष तथा प्रदेश नं. २ आर्थिक मामिला तथा योजना मन्त्रि मानिनय विजय कुमार यादवले गर्नु भएको थियो त्यस्तै विशिष्ठ अतिथीमा प्रदेश सभा सदस्य सुनिता राम पार्टिका सिरहा जिल्ला केन्द्रिय सदस्य, मधेश प्रदेश समिति सदस्य, परिषद सदस्य गाउँ पालीका, नगरपालीका जन प्रतिनिधि,हरु लगायत पार्टिका विभिन्न तह र तपका भातृसंगठनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथीले सम्पुर्ण कार्यकर्ता लाई आफुले लिएको मधेश प्रदेश समितिको म्याण्डेट अनुसार समयमानै जिल्ला समायोजन कार्य सम्पन्न भएको वताउँदै कुनै पनि कार्य म्याण्डेट अनुसार गरेर जानु पर्ने कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आउँदो दिनमा लहान मधेश विद्रोहवाट उदाएको विचार र सिद्धान्त हिमालमा फहराउन थालेको वताउँदै । प्रदेश सरकारमा भइरहेको कार्यको पनि साराँशमा जानकारी दिनुभयो ।
मधेश प्रदेश ले सरकारलाई ३१ प्रतिशत वुझाएको राजश्व वाट प्रदेश सरकारले मात्र २ प्रतिशत पाएको छ त्यसथर्पm हाम्रो ध्यान केन्द्रित हुनु जरुरिछ वताउनु भयो हामि सानो सानो कुरामा विवाद गरेर अदालत सम्म जान्छौ तर हाम्रो अधिकार हनन हुँदा पनि हामि हाम्रैलाई दोष दिन्छौ । त्यसकारण हामि जनतालाई आउँदो ६ महिना भित्र पार्टिको धारणा पुर्ण रुपमा वुझाउन सक्नुपर्ने र संगठन विस्तारमा लाग्न वताउनु भयो ।
त्यस्तै कार्यक्रममा मधेश प्रदेश मुख्य सचिव शम्भु झाले अन्य पार्टिको कुरामा लागेर आफ्नोसमय वर्वाद नगर्नुस पार्टिको सिद्धान्त र विचारलाई र पार्टिले दिएको म्यानडेट वाट अगाडी वढन कार्यकर्ताहरुलाई निर्देशन दिनुहुँदै नयाँ कार्यसमितिलाई वधाई दिनु भएको थियो ।
उक्त कार्यक्रमको शुरुवातमा स्वागत मन्तव्य जिल्ला उपाध्यष त्रिपुरा झा ले गर्नुभएको थियो भने प्रदेश महिला समिति अध्यक्ष संजिला यादव ले शुभकामना मन्तव्य दिनु भएको थियो त्यसै क्रममा केन्द्रिय सदस्य अशेश्वर यादवले पार्टिलाई एक ढिक्का वनाउनको लागी समय दिनु पर्ने वताउन्दै नयाँ कार्य समितिलाई वधाई दिनु भएको थियो त्यसै गरी नयाँ जिल्ला संयोजक वादल प्रसाद यादवले पार्टिलाई संगठित भएर लग्न नयाँकार्य समिति सक्षम हुने भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न वक्तहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।
त्यस्तै कार्यक्रम समापन समायोजन कार्यक्रमको अध्यक्ष अशोक यादवले आफुमाथि आएको जिम्मोवारी कुनै पुर्वाग्रह नराखी जिम्मेवारी पुर्वक निर्वाह गर्ने छु भनि प्रतिवद्धता जनाउँदै कार्यक्रम समापन भएको जानकारी दिनु भयो ।
Facebook Comments