Loading...
किसानहरुको उखुको रकम २.४८ करोड मील मालिकले खाइसकेको खुलासा

निरहु यादव , कपिलवस्तु कपिलवस्तुका किसानहरुले आर्थिक बर्ष २०७१/७२ को अनुदान रकम २५ रुपैया प्रति क्विन्टलक दरले २ करोड ४८ लाख २३हजार रुपैया क भुक्तानी नपाएकोले ५ बर्ष देखि चक्काजाम , अनशन , ज्ञापनपत्र लगायत विभिन्न किसिमको आन्दोलन गरि सरकारबाट माग गर्दै आएका रकम मील मालिकले २०७१/७२ मा नै बुझिसकेको तथ्य बाहिर आएको छ ।

अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई मिति २०७५/११/१ मा पठाएको पत्र संख्या १६३३ अनुसार आ वा २०७१/७२ को रकम मुल्य अभिबृद्धी कर संगै समायोजन गरि श्रीमहालक्ष्मी सुगर्स मील जवाभारीलाई भुक्तानी दिएकोले किसानहरुलाई दिने रकम उक्त उद्योगबाट भुक्तानीको ब्यवस्था गर्नुहुन मिति २०७५/१०/२५ को माननीय मन्त्रीपरिषद को निर्णय अनुसार अनुरोध गरिएकोछ । मील मालिक बिरेन्द्र कुमार कनोडिया पुर्ब राज्य तथा हाल काङ्ग्रेस पार्टीबाट निर्वाचित प्रदेश सभासद समेत हुन । पद पावर र पैसाको दुरुपयोग गरेर गरीब किसानहरुलाई ठगी गरिरहेको किसानहरुले आरोप लगाइरहेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *