Loading...
समाजवादी पार्टीको कृष्णनगर नगर समिति गठन सम्पन्न, अध्यक्षमा गोपाल प्यारे चंदेल

कृष्णनगर कपिलवस्तु असोज ९ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच कृष्णनगरको उद्योग वाजिज्य संघको हालमा पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ। उक्त समायोजित पार्टीको अध्यक्षमा गोपाल प्यारे चंदेल, उपाध्यक्षमा आरती सिंह यादव, सचिवमा जगमोहन बरई,सह-सचिवमा राहुल मोदनवाल,कोषाध्यक्षमा आरिफ अहमद मुसलमान, र सद्स्यमा राज कुमार यादव, गुड़िया कुमारी गुप्ता लगायत ३३ पदाधिकारी चयन भएका छन। उक्त कार्यक्रमका प्रमुख अतिथि केंद्रीय सदस्य मंगल प्रसाद गुप्ता,विशिष्ठ अतिथि मा केंद्रीय सदस्य नरायण खनाल,प्रदेश अध्यक्ष अशोक कुमार यादव र अतिथिमा केंद्रीय सदस्य रामबरन यादव,केन्द्रीय पार्षद सदस्य अकरम पठान,प्रदेश सदस्य राम सेवक यादव लगायत अन्य अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।उक्त कार्यक्रमका उद्घोषक विनय शर्मा रहनु भयो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *