Loading...
समाजिक सद्भाव कायम राख्न अन्तरक्रिया, प्रमुख जिल्ला अधिकारीदेखि पत्रकार सम्म उपस्थित

कृष्णनगर, कपिलवस्तु, असोज ९ कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघको हालमा प्रमुख जिल्ला अधिकारीको आयोजना र सशस्त्र प्रहरी बल कृष्णनगरको व्यवस्थापन र इलाका प्रहरी कार्यालय कृष्णनगरको सहकार्यमा कृष्णनगरमा शान्ति सुरक्षा कायम राख्नको लागी छलफल सम्पन्न भएको छ । जसमा दशै, तिहार र छठ लगायत चाडपर्व को लागी शुभकामना अदान प्रदान गरियो। हिन्दू धर्मावलंबीहरूले मनाउने दशै पर्वमा मूर्ति विसर्जनको बिषयलाई लिएर हुन सक्ने अवान्छित क्रियाकलाप हुन नदिन सबै पक्षले आ-आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने र यस कृष्णनगर क्षेत्रमा सदभाव, आपसी भाईचारा, धार्मिक सहिष्णुता तथा सुरक्षा व्यवस्था शान्ति पूर्ण बनाई राख्न यहाका राजनैतिक दल, धर्म गुरु, विभिन्न पेशागत संघ संगठन ले एक अर्कालाई सहयोग र समान्वय गरी प्रशासन तथा सुरक्षा निकाय लाइ आवश्यक सहयोग गर्ने जस्ता पक्ष मा लिखित सहमती भएको छ। उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र का प्रमुख, नेता, स्थानीय समाजसेवी, पत्रकार, सुरक्षाकर्मी, व्यपारी लगायत अन्य को उपस्थित मा उक्त छलफल सम्पन्न भयो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *