Loading...
शंकराचार्य गेटमा विदेशी पाहुनालाई स्वागत गरी मनाइयो पर्यटन दिवस

वीरगंज,१० असोज होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले आज वीरगंजमा विविध कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाएको छ । वीरगंज महानगर,भिजिट मधेस नेपालको सहकार्यमा संघले आयोजना गरेको विहानको प्रभातफेरी मितेरी पुल नजिकको शंकारचायृ गेटमा गएर समापन भएको थियो । आदर्शनगरबाट निकालिएको प्रभातफेरीमा वीरगंजका मेयर विजयकुमार सरावगी,उपमेयर शान्ति कार्की,होटल व्यवासायी तथा समाजिक संस्थाका अगुवाहरुको सहभागिता थियो ।  सोही अवसरमा नेपाल  प्रबेश गरेका  प्रथम बिदेशि पर्यटक  फ्रान्सेली नागरिक  ओलिभर डि लिभर्टलाई फूलमालाले स्वागत गरी वीरगंज प्रवेश गराइएको थियो ।फ्रान्सबाट भारत हुदै उनी नेपाल आइरहेका िथए । ओलिभरलाई वीरगंजका होटल व्यवसायीले निशुल्क रुपमा खाना र वासको व्यवथा मिलाएका होटल
व्यवसायीसंग वीरगंजका अध्यक्ष हरि पन्ताले जनाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *