Loading...
सामाजिक परिचालिकाहरुको चिन्ता : भविष्य सुरक्षित गर्न माग

काठमाडौं, १० असोज । सामाजिक परिचालिकाहरुको सेवा निरन्तरता तथा नीतिगत दीगो व्यवस्थापनका लागि सरकारसँग माग गरेका छन् ।

लैङ्गिक मूल प्रवाहीकरण संघर्ष समितिले शुक्रबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलनको आयोजना गरी सामाजिक परिचालिका महिलाहरुको भविष्य सुरक्षित गर्नुपर्ने माग गरिएको हो ।

सामाजिक परिचालिकाहरु महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले निर्माण गरेको आव २०५६÷५७ सालको महिला जागृति कार्यक्रमको निर्देशिकाबमोजिम सामाजिक परिचालिकाको रुपमा निश्चित मापदण्ड तोकी नियुक्त गरिएको थियो ।

हाल स्थानीय तहहरुमा केन्द्रीयस्तरबाट सशक्त बजेट अन्तर्गत सामाजिक परिचालिकाहरुको नाममा नआएसम्महाजिरी गर्न नदिई अवकाश गर्ने निर्णय भएको छ ।

सामाजिक परिचालिकाहरुले आफ्नो जीवनको महत्वपूर्ण समय समाजको सेवामै व्यतीत गरेकोले आगामी दिनमा आफूहरुको अधिकार र रोजीरोटीको सुनिश्तिताको माग गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ की प्रदेशसभा सदस्य तथा नेकपाकी नेतृ प्रतिभा श्रेष्ठले सामाजिक परिचालिकाहरुको हकअधिकार वर्तमान सरकारले सुनिश्चित गर्नुपर्ने आवश्वासन दिएकी हुन् । उनले यो सरकारले सामाजिक परिचालिकाहरुसँग अन्याय नगर्ने पनि दाबी गरिन् ।

‘यो सरकारको नीति नै समृद्ध नेपाल, सुखी नेपाली रहेकोले कसैसँग अन्याय हुँदैन,’ उनले भनिन्, ‘नेपाल अहिले संघीय लोकतान्त्रिक व्यवस्थाको अभ्यास गरिरहेकोले केही ऐन कानूनहरुको बुझाई नपुगेकोले यस्तो अन्योलताको अवस्था देखिएको हो ।’

सामाजिक परिचालिकाहरुको समस्या समाधान गराउन आफूले पहल गर्ने र सरकारलाई पनि दबाब दिने बताएकी हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *