
नेपाली कांग्रेशको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले विजयकुमार गच्छदार नेतृत्वमा रहेको तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका ११ नेतालाई केन्द्रीय समितिमा ल्याउने निर्णय गरेको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मुखमा कांग्रेसमा समायोजन भएको फोरम लोकतान्त्रिकबाट थपिने नेताहरुको नाम भने कांग्रेस उपसभापतिसमेत रहेका तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले पेस केन्द्रीय समिति सदस्य नवीन्द्रराज जोशीले जानकारी दिनु भएको समाचार कान्तिपुर दैनिकमा छ ।
Facebook Comments