Loading...
लाचार कम्युनिष्ट सरकार जनताको समस्या बुझिदिनुश ! बाटोमै नेपालीको मृत्यु हुदैछ – झा

हे हाम्रा कम्युनिष्ट सरकार, तपाईंको बहुमतको सरकार फेरि पनि किन लचार, बहुमत को सरकार देश परिवर्तन गर्ला भन्ने सपना धेरै नेपालीले सोचेका थिए फल स्वरुप शासन र सत्ता दुबै तपाई को हाथ पारे तर आम जनता दिनाहु दिन निरास हुँदै गएका छन? कम्युनिष्ट सरकार आखिर किन लचार?

देश भित्र बिकास भन्दा बढी भासण भ्रष्टाचार कस्ले के भन्ने हामी नै राजा,जनता मेरो सेवक आखिर कहिले सम्म एस्तै रहि रहने सरखार?पीडित नागरिकहरु को समस्या बुझी दिनुश। म ब्यक्तिगत दुई हाथ जोडेर बिन्ती गर्दै छु।अहिले पनि देशको मुख्य नाका राजधानी पुग्न सास्ति खेप्नु पर्छ,उपचारकाे लागि हिंडेका रौतहट गरुडा नपा–२ का ३५ वर्षीय रुपलाल साहकाे बसको जाममा थुनिएर मृत्यु भयो भोलि कोहि अरु होलान तर नेपाल का सांसद र मन्त्री लाई झणडा वला गाडी र एशि मा बसेर जादा आम नागरिक को पिडा ध्यान न जानू स्वाभाविक हो।गल्ती हाम्रो नै हो किन कि हामी नेपाली को बानी नै हो जस्ले मिठो कुरा गर्यो उता तिर चिप्लियो फल स्वरुप आज देश र जनता को एस्तो अवस्था भएको हो।भाषण होइन देश भित्र नौलो परिवर्तन चाहियो सरकार?

तपाईं को पार्टी ले निर्वाचनको बेला घोषण पत्र अनुसार देश भित्र बिकाशको काम कतिको सप्पन्न गर्यो त? एस देशका जनता दुख कष्ट महगि,अत्याधिक कर तिर्दा पनि राम्रो बाटो जनताक लागि कहिले होला सरकार ? आम जनता कहिले सम्म दुख,सास्ति पाई राख्ने,बाटो घाटो पुल पुलैया,पानी जहाज पुर्ब पश्चिम रेल इतियादी कहिले पूरा हुने कम्युनिष्ट सरखार,तपाईं को पार्टी ले दिएको ठुला ठुला भासण र बिकास अनुभिती आम जनता कहिले महसुश गर्ने सरकार ?

म बाल्यकाल देखि देखेको बाटो र अहिले को बाटो घाटो धेरै प्रगति भएको अनुभूति भएन सरकार ? प्रदेश होश वा केन्द्र भ्रष्टाचार भन्दा बिकास बढी भएको देखिएन,झन अवस्था जरजर भएको छ सरकार ? चर्को कर तिर्न बाध्य छन जनता , कर तिरे बापत नत जनताले शिक्षा,नत स्वास्थ्यमा सूबिधा पाएका छन सरकार । जाम मा कोहि को मृत्यु न होश सरकार एति त सहयोग गरि दिनुश सरकार,आज एक आमाले आफ्नो छोरा न गुमाएकि छिन । उनी पनि यहि देश का नागरिक थिए। धनी थिएन्न कि हेलिकप्टर र प्लेन चढेर जान सकुन।उनको मृत्यु को जिम्मेवार कम्युनिष्ट सरकार ले लिनु पर्छ,आम जनता राम्रो उपचार न पाएर मर्दै छन सरकार तर देश का माननिय ज्यु एवम् मन्त्री देखि लिएर सम्मानिय प्रधानमन्त्री ज्यु को उपचार अन्तर्राष्ट्रिय अस्पतालमा?

के गरिब जनता देश मा यसरी बिच बाटै मा मर्नु पर्छ सरकार….दुई हाथ जोडि कम्युनिष्ट सरकार ध्यानाकर्षण गराउदै आफ्नो दुई शब्द को अन्त गर्दै छु आम नागरिक बद्री नाथ झा प्रदेश दुई
महोत्तरी जलेश्वर -जनकपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *