Loading...
मन्त्री यादवको विशेष पहलमा कांग्रेस-नेकपाका अगुवा नेताहरु समाजवादी पार्टीमा प्रवेश

ओम प्रकाश यादव
असोज १० गते, रौतहट
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष योगेन्द्र यादवको विशेष पहल र प्रयासबाट आज दर्जन भन्दा बढी व्यक्ति समाजवादी पार्टीमा प्रवेस गरेका छन ।
जनकपुरमा आज भएको पार्टी प्रवेस कार्यक्रममा रौतहटको दुर्गा भगवती र यमुनामाई गाउँपालिका अगुवा नेताहरु नेपाली कांग्रेस र नेकपा परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेका छन ।
कार्यक्रममा पार्टी प्रवेस गर्नेहरुमा चर्चित युवा नेता छोटन सिंंह, उपेन्द्र मिश्र, रामकिशोर यादव, लाल बिहारी साह, मेघुराय यादव, पंकज सिंह, पप्पु तिवारी, अनिश मिश्र, सुखल ठाकुर लगायतका नेता कार्यकर्ता रहेका छन ।
कांग्रेस र नेकपा जहिले पनि सतामा गएर जनतालाई झुठो आश्वासन दिएर ठगेको र धोका दिएकोले आफुहरु पार्टी परित्याग गरेको उनिहरुले बताएका छन ।
देश र मधेशको विकासको लागि अब समाजवादी पार्टी बाहेक अरु कुनै विकल्प नरहेको भन्दै आफुहरु समाजवादी पार्टीमा आएको पार्टी प्रवेस गर्नेहरुले बताएका छन ।
समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं २ का माननीय मुख्यमन्त्री लालबाबु राउतले नवप्रवेसीहरुलाई फुलमाला लगाएर पार्टीमा स्वागत गरेको कृषि राज्य मन्त्री यादवले बताउनुभयो ।
कृषि राज्य मन्त्री योगेन्द्र यादवको अथक प्रयासपछि एकैचोटी चर्चित, क्षमतावान र नेतृत्व गर्न सक्ने हैसियत क्षमता भएका नेताहरु समाजवादीमा प्रवेस गरेको छ ।
आफनो पार्टीको निती सिद्धान्त र विचार हेरेर राम्रा राम्रा नेताहरु पार्टीमा आएकोले अब समाजवादी पार्टी झन बलियो हुने समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष रहेका मन्त्री योगेन्द्र यादवले बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा समाजवादीका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, जिल्ला सहईन्चार्ज बिरेन्द्र यादव, समाजवादी युवा संघका केन्द्रिय सदस्य दिनेश यादव लगाएतको उपस्थिति रहेको थिए ।
आउँदै गरेको दशै तिहार पछि बृहत् रुपमा जिल्ला स्तरिय पार्टी प्रवेश कार्यक्रम हुने कृषि राज्य मन्त्री यादवले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *