Loading...
घाचोकमा समाजवादीको दुई दिवशीय प्रशिक्षण सम्पन्न,

हुम तमु
पोखरा, १२ असोज
समाजवादी पार्टी गण्डकी प्रदेशले कास्की जिल्ला, माछापुच्छ«े गाउपालिका घाचोकामा आयोजित दुईदिवशीय प्रशिक्षण कार्यक्रम आइतवार सम्पन्न भएको छ।
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल बिच एकिकरण पश्चात गठन भएको समाजवादी फोरमका गण्डकी प्रदेश समिति, जिल्ला अध्यक्षलाई पार्टीको सैद्धान्तिक, सांगठनिक, विधान लगायत समसामयिक विषयमा प्रशिक्षित गर्न आयोजित कार्यक्रममा गण्डकी भुगोल भएका केन्द्रीय सदस्यहरुको समेत सहभागीता रहेको थियो।
घाचोकस्थित देवीप्रसाद मैत्रेय बुद्ध शन्ति गुम्बामा आयोजित प्रशिक्षण कार्यक्रमको पहिलो दिन शनिवार समाजवादी पार्टी संघिय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान राजनैतिक स्थिती, पार्टीको कार्यभार र नेतृत्व विकास, पार्टी उपाध्यक्ष हेमराज राईले पार्टी, समिती प्रणाली र संगठनात्मक सिद्धान्तको सम्बन्धमा पार्टी बिधानका विषयमा प्रशिक्षित गराउनुभएको थियो।
यसरी नै पार्टीका केन्द्रीय सदस्य तथा प्रदेस सहइन्चार्ज धनप्रसाद तामाङले पार्टी आन्तरिक जीवन र कार्यबिन्यास, केन्द्रिय सदस्य सुन्दर गुरुङले उद्देश्य र उद्देश्यको तयारीका विविध पक्ष र राजु के सीले हामी किन गरिब छौ ? र परिवर्तनका बारेमा सहजीकरण गर्नुभएको थियो।
बैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टीका नेताहरुलाई दोश्रो दिन आइतवार पार्टी केन्द्रिय सहअध्यक्ष राजेन्द्र श्रेष्ठले समुन्नत संघिय समाजवादका लागि नेपालको बाटोका बारेमा प्रशिक्षित गर्नुभएको थियो। यस्तै गरी केन्द्रिय सदस्य एवम गण्डकी प्रदेस इञ्चार्ज गणेशमान गुरुङले प्रदेस समितिको लक्ष्य र सदस्यहरूको जिम्मेवारीका बारेमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रम दोश्रो दिन समुहगत छ्लफल अन्तरक्रिया, समिक्षा र भावी योजनाका बारेमा सहभागीहरुले विचार व्यक्त गर्नुभएको थियो।
प्रदेश अध्यक्ष मोती रिजालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दिपक तामाङ र संचालन मुख्य सचिव हेमन्त थापामगरले गर्नुभएको थियो।
प्रशिक्षण कार्यक्रममा सहभागीता नेताहरुलाई माछापुच्छ«े अर्गानिक सामुदायिक होमस्टे समितिले भव्य स्वागत र विदाई गरेको थियो भने बसोवासका लागि होम स्टे समितिले व्यवस्था गरेको थियो। घाचोक पुगेको समाजवादीको नेताहरुलाई होमस्टे व्यवस्थापन समितिका अध्यक्ष आसकुमार गुरुङले होम स्टे सञ्चालन र घाचोक गाँउको बारेमा जानकारी दिनुभएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *