Loading...
जनकपुरमा प्रहरीको भ्यानसंग मोटरसाईकल जुध्दा १ युवकको मृत्यु १ जना घाइते

जनकपुरमा प्रहरीको भ्यानसंग मोटरसाईकल जुध्दा एक युवकको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।
ज्यान जानेमा धनुषाको धनौजी गाउँपालिका २ घर भइ हाल जनकपुर उपमहानगरपालिका ४ आनन्दनगर बस्ने आएका १९ वर्षका मनिष मण्डल रहको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बुधबार विहान साढे ८ बजे सरसफाई कार्यक्रम समापन गरेर फर्किदै गरेको प्रदेश २ प्रहरी गणको ना १ ग ४७९ नम्बरको प्रहरी भ्यानमा तिव्रगतिमा आउँदै गरेको अनटेस्ट पल्सर मोटरसाईकल जनकपुरको रामचोकमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा मोटरसाईकल चालक मण्डलको घटनास्थलमै मृत्यु भएको छ भने उनीसँगै मोटरसाइकलमा सवार उनका घरबेटी जनकपुरका नजुर अंसारी घाइते भएका छन् । उनको उपचार जनकपुर अंचल अस्पतालमा भइरहेको जनाइएको छ ।

मोटरसाईकल तिव्रगतिको कारण अनियन्त्रित भएर प्रहरीको भ्यानमा ठोक्किको स्थानीयले बताएका छन् ।
मृतक मण्डलको शव पोष्टमार्टमको लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ । यता जिल्ला प्रहरी कार्यालयले भ्यानका चालक प्रहरी जवान शान्त बहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहरको प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *