
१६ असोज, काठमाडौं । सभामुख बाट राजिनामा दिएका कृष्णबहादुर महराले सरकारी सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् ।
महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी खटिएका थिए । गाडी भने संसद सचिवालयको सवारी शाखालाई बुझाइएको जानकारी प्राप्त भएको छ । सभामुखको हैसियतमा महराले बा २ झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । उक्त गाडीलाई बिहीबार दिउँसो संसद सचिवालयअन्तर्गतको सवारी शाखालाई बुझाएको जनाइएको छ ।
महरा बालुवाटारस्थित सरकारी भवनमा बस्दै आएका छन् । सरकारी निवास सर्नका लागि भने डेरा खोज्दै गरेको छ ।
Facebook Comments