Loading...
सशस्त्र प्रहरी बलद्वारा साढ़े सात लाख भारतीय रकमसहित १ जना पक्राउ

अजय मिश्र कृष्णनगर, कपिलवस्तु असोज १८ कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं २ ब्यारियर चेक प्वाइंट बाट सात लाख साठी हजार छ सय पचास ७६०६५०-/ भारतीय रुपयां सहित मानिस लाई नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरी बल कृष्णनगर सशस्त्र प्रहरीले विशेष सुराकीको आधारमा आज बिहान ११ बजेको समयमा दांग जिल्लाको तूल्सीपुर बाट कृष्णनगर आउदै गरेको भे १ ख २२९८ नंबरको गाडीमा सवार दांग जिल्लाको तूल्सीपुर उपमहानगरपालीका वडा नं ८ बस्ने बर्ष ७७ का कृष्ण बहादुर वलीको साथ बाट सात लाख साठी हजार छ सय पचास ७६०६५०-/ भारतीय रुपयां जसको नेपाली रू १२,१७,०४० -/ बारा लाख १७ हजार चालिस रुपया हने छ। सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही को कमाण्डमा खटिएको टोली ले चेक जांच गर्दा उक्त रकम बरामद गरिएको हो। मानिसलाई इलाका प्रहरी कार्यालय कृष्णनगरको जिम्मा लगाइने कुरा सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगरले जनाएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *