
संविधानको भावना र संसदीय मूल्य मान्यतालाई ख्याल गर्ने हो भने सभामुख पद नेकपाबाट फुत्किने लगभग पक्का भएको छ । यो पद समाजबादी पार्टीको भागमा पर्न सक्ने सम्भावना बढेको छ । अब संविधानलाई आत्मसात गर्ने हो भने सभामुख पद नेकपाले पाउने स्थिति देखिँदैन । अहिले को उपसभामुख पदमा पनि नेकपा कै नेत्री डा। शिवमाया तुम्बाहाङफे छिन । अब कि त उपसभामुख बाट शिवमायालाई नेकपाले हटाउनु पर्यो कि त यथावतै राखेर नयाँ सभामुखको निर्वाचन गर्ने हो भने संविधानतः नेकपाले सभामुखको उम्मेद्वार नै खडा गर्न मिल्दैन । किनभने, संविधानको धारा ९१ को उपधारा २ मा स्पष्टसँग भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्दछ ।’ कांग्रेश प्रतिपक्षमा बसेकाले नेकपाले कांग्रेशलाइ सभामुख पद दिदैन भने कांग्रेसले दाबी गर्ने सम्भावना पनि कम छ । अहिले सरकारमा भएको पार्टी तथा नेपालको तेस्रो ठूलो पार्टी समाजबादीले दाबी गर्न सक्ने आधार नै बलियो देखिन्छ त्यस अर्थमा समाजबादी पार्टीले सभामुख पद पाउने निश्चित जस्तै छ ।
Facebook Comments