Loading...
१० राष्ट्रमा समायोजन गरेको फोरम र नयाँ शक्तिले युकेको समायोजन अक्टोबर छब्बीसमा गर्दै

सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी  नेपाल बीच पार्टी एकता पछि प्रवासमा रहेका भातृ संगठनहरुको एकतालाई निरन्तरता दिने क्रममा संघिय समाजवादी फोरमको प्रवास अंग नेपाली संघिय समाज युके र नयाँ शक्ति पार्टीको भातृ संगठन अन्तरराष्ट्रिय नेपाली समाज युकेको समायोजन अक्टोबर छब्बीसमा हुने भएको छ |  समाजवादी पार्टीका केन्द्रिय सदस्य भगवान राई, टेकबहादुर थापा पार्टीका सल्लाकार लक्ष्मन तुलाचन, केन्द्रिय पार्षदहरु जंग सुनुवार, धन बहादुर गुरुङ  लगायतको उपस्थितिमा समायोजन समितिको हिजो बेलायतको अल्डरसटमा बसेको बैठकले समायोजनको टुंगो लगाएको छ |

आगामी अधिवेशन नभए सम्मका लागि नेपाली संघिय समाज युकेका अध्यक्ष बालकृष्ण राई र अन्तरराष्ट्रिय नेपाली समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ दुवै जना अध्यक्ष रहनेगरी  दुइ संगठन बीच समायोजन गर्ने सहमति भएको  समायोजन समितिका संयोजक रत्न थापाले बताउनु भएको छ | समायोजन पछि समाजवादी पार्टीको भात्री संगठनको नाम नेपाली समाज यूनाईटेड किङ्गडम रहने  सहमति  पनि भएकोछ | यस अघि दश वटा राष्ट्रहरुमा समायोजनको काम सम्पन्न भैसकेको छ |

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *