
चारै तिर बलिप्रथा रोक्नु पर्छ भनेर अवाज उठिरहदा गढिमाई मन्दिर सन्चालन तथा बिकाश समितिका अध्यक्ष रामचन्द्र साहले बलि प्रथा कसैले चाहेर नरोकिने बताउनु भएको छ l परापूर्ब काल देखि नै चल्दै आएको यो प्रथालाइ दबाब दिएर बनाएको होइन बरु श्रद्धाले भक्तजनले गढिमाईलाइ चढाएको प्रसाद भएको समेत अध्यक्ष साहले स्पस्ट पार्नु भएको छ l उहाले भन्नु भएको छ -”
बलिप्रथा कसैले रोकेर रुक्दैन र कसैले चाहेर हुदैन। यो आस्थाको बिषय हो जुन परापुर्वकाल देखि चलिआएको छ। गढिमाई मन्दिर सन्चालन तथा बिकाश समितिले बलि दिनेहरुकोलागी व्यवस्था मिलाउन र पन्चवर्षिय मेलालाई सभ्य, भव्य र सुरक्षित बनाउन लागिपरेको छ।
(हेर्नुहोस उहाले बोल्नु भएको भिडियो)
(संजय तिवारीको फेसबुक वालबाट )
Facebook Comments