Loading...
यौन काण्डमा फसेका महरा पक्राउ, प्रहरीले निजि गाडी ल्याएपनि लाजले आफ्नै गाडीमा गए महरा

१९ असोज, काठमाडौं । संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीले उनलाई बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो ।

आफू निजी कारमा जान चाहेको कुरा महराले राखेपछि प्रहरीले उनलाई निजी कारमा राखेर लगेको छ । रातो रंगको गाडीमा गएका उनीसँगै सादा पोसकका प्रहरीहरु खटिएका थिए l प्रहरीले उनलाई भ्यानमा लैजान आएको थियो। महराले निजि गाडि भनेपछि प्रहरीले १६ च २९५८ नम्बरको गाडी ल्याएको थियो । प्रहरीको त्यो निजि गाडिमा समेत नगएर महरा आफैैंले प्रयोग गर्ने बा १८ च ४०० नम्बरको निजी गाडीमा गएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएपछि सभामुख निवासमा प्रहरी पुगेको थियो । अब उनलाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने प्रहरी स्रोतले बताएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *