Loading...
आफ्नो संस्कृतिको रक्षा गर्न मन्त्रि यादवले चाडबाड कै बेला तलबभत्ता दिए पुरस्कृत खेलाडीलाइ

सरोज खिलाडी

बिकास प्रेमीको रुपमा अगाडि बढिरहेका प्रदेश न.२ को कृषि राज्य मन्त्री योगेन्द्र यादवले रौतहटको सुखदेव चौकमा दुर्गा पुजाको अवसरमा आयोजना गरिएको भारत नेपाल स्तरीय कुस्ती प्रतियोगितामा प्रथम स्थानदेखि पाचौ स्थानसम्म जित्नेलाइ आफ्नो तलब भत्ताबाट पुरस्कृत गरेका छन् । आफ्नो संस्कृतिको बचाउ गर्नाकालागि मन्त्रि यादवले आफ्नै तलब भत्ता कटाएर भएपनि रक्षा गरेका हुन् । १५-२० बर्ष अगाडि हरेक चाडबाडका बेला कुस्ती प्रतियोगिता गरिन्थ्यो भने अहिले कुस्ती लोप झैँ हुन् थालेको छ ।

कुस्ती प्रतियोगितामा प्रथम भएका नेपालका केशवदास यादव पहलवानलाई रु २५ हजार , दोस्रो चर्चित पहलवान नेपाल टाइगर बसन्त थापालाई रु २० हजार, तेस्रो रौतहट टाइगर राजेश यादवलाई रु १५ हजार, चौथो भारतका जितेन्द्र सिंहलाई रु .१० हजार र पाचौं स्थान प्राप्त भीम पहलपानलाई रु ५ हजार जम्मा ७५००० आफ्नो तलब भत्ताबाट दिनुभएको छ । उक्त मेलामा मन्त्री यादव ११ बजेदेखि बेलुकी ६ बजेसम्म कडा घाममा बसि लाखौको संख्यामा उपस्थित दर्शकहरुलाई हौसला बढाउनु भएको थियो ।

मेलामा कुनै किसिमको झैँ झगडा जातिय भेदभाव तथा कुनै किसिमको पक्ष पात नगर्न समेत आग्रह गर्नु हुदै मन्त्रि यादवले दसै तिहार तथा छठको शुभकामना दिनु भयो ।

(उपेन्द्र राय यादवको फेसबुक वालबाट साभार गरिएको)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *