Loading...
प्रदेश २ को मठमन्दिरको सौन्दर्यीकरण गरिनुपर्नेमा मुस्लिम मुख्यमन्त्री राउतको जोड

२१ असोज, जनकपुरधाम । प्रदेश न २ लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि मठमन्दिरको सौन्दर्यीकरण गरिनुपर्ने मुख्यमन्त्री लालबाबु राउतले बताउनु भएको छ ।
जानकी मन्दिर परिसरभित्र सवारीसाधन प्रवेश निषेध गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री राउतले छुट्टै व्यवस्था गर्नुपर्ने बताउनु भएको छ ।
रामानन्दीय वैष्णव संघ तुलसी स्मारक, जनकपुरधामले आयोजना गरेको आशिष तिलक तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मठमन्दिरको सौन्दर्यीकरणले मात्रै पर्यटक लोभिने बताउनु भयो । मठमन्दिरको सौन्दर्यीकरण कार्य जानकी मन्दिरबाट सुरु गरिसकेको समेत मुख्यमन्त्री राउतले बताउनु भएको छ । मुख्यमन्त्री राउतले जानकी मन्दिरमा प्रत्येक वर्ष बजेट विनियोजन गर्ने योजना रहेको बताउँदै भन्नु भयो – “जानकी मन्दिर प्रदेशको धरोहर हो । यसको सौन्दर्यीकरणको लागि प्रत्येक वर्ष ५/७ करोड बजेट दिने योजना छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *