Loading...
भारतमा मात्र सीमित रहेको लङ्कादहन र रावण बध कार्यक्रम यसरी जनकपुरमा सम्पन्न गरियो

धनुषा । विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रम अन्तर्गत यस वर्ष लङ्कादहन समेत गरिएको छ ।

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले कृतिम लङ्का दहन गरेका हुन् । विजयदशमीको अन्तिम दिन मङ्गलबार साँझ रावणको प्रतिमा निर्माण गरी रावण बध कार्यक्रमको आयोजना गरिएको थियो । १४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा जनकपुरमा रावण बध कार्यक्रम हुँदै आएको छ ।

स्थानीय महावीर युवा कमिटीको पहलमा पछिल्लो छ वर्षदेखि रावणवध कार्यक्रम भइरहेको छ भने यस वर्ष पहिलोपटक लङ्कादहन गरिएको हो ।

भारतसम्म मात्र सीमित रहेको यो कार्यक्रम विगत छ वर्षदेखि जनकपुरमा हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *