Loading...
चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते, २७ को अवस्था मध्यम, १ को अवस्था गम्भीर

चितवन – चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् भने घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ । काठमाडौँबाट मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका  १२ स्थित आस्था चोकमा गए राति १२ः३० बजे भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो ।

घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *