Loading...
सी जिनपिङ सत्तामा आएयता १० लाखभन्दा बढी सैनिकमाथि कारवाही भएको छ- अग्रहरी

बरिष्ठ पत्रकार – सिताराम अग्रहरी

चीनका राष्ट्रपति सी जिनपिङ नेपालको ऐतिहासिक भ्रमणमा आउन लागेका छन् । यो ठूलो खुशीको कुरा हो । तर हामीसंग खुशी हुने आधार के छ ? हामीसंग चीनलाई देखाउन के छ? हामी याचक मोडमै हुनेछौ, हैन?
भारतलाई चीन देखाएर खुशी हुने दिन गए । हामीले चीनले गरेको अभूतपूर्व प्रगतिबाट सिक्नुपर्छ । उनीहरुको अनुशासन, उनीहरुको मिहिनेत, उनीहरुको समर्पण, सुझबुझ र सिर्जनशीलताबाट, उनीहरुको संकल्प र दृढताबाट सिक्नुपर्छ । हामीलाई तीन करोड सम्हाल्न धौ धौ छ । उनीहरु १४० करोड जनता बोकेर जेट गतिमा बढिरहेका छन् । भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलताका लागि एउटै उदाहरण काफी छ । एक तथ्यांक अनुसार सी जिनपिङ सत्तामा आएयता १० लाखभन्दा बढी सैनिकमाथि कारवाही भएको छ। यसमा सेनाका माथिल्ला अधिकारी पनि सामेल छन् ।
शीको भ्रमणबाट हाम्रो कायाकल्प हुनेछ यो सोच्नु मूर्खता हुनेछ। न भारत न चीनले नै हाम्रो देश बनाइदिनेछ।उनीहरुले गरेजस्तो मात्र गरिदिने हो।बढीभन्दा बढी अलि अलि भरथेग गरिदेला,अलि अलि सघाइ देला। मुख्य कुरा देश हामीले आफै बनाउनुपर्नेछ। पहल देश चलाउनेले नै गर्नुपर्छ। तर व्यक्तिगत उपचारका लागि सिंगापुरमा फौज लिएर जानेहरुले यहाँ राष्ट्रवाद र त्यागको अर्ति दिन्छन्। भारतमा बेसरी बर्षाहुँदा प्याजदेखि तरकारीको भाउ अकासिंदा स्वाबलम्वनका गफ छाँट्छन, छाँट्नुको तुक छ? मासुको पैसा तरकारीले खाइदियो। देश कहाँ छ स्पष्ट छ।
चीन नेपालको शुभचिन्तक र असल छिमेकी हो यसमा शंका छैन। शीको स्वागत छ तर चीनको प्रशस्ति गायन गरेर हाम्रा प्रश्नहरु हल हुनेवाला छैन सबैलाई चेतना होस्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *