Loading...
राजपा नेपालले समाजबादी पार्टी संग एकता नगरे अकाल मै मृत्यु हुने निश्चित – अध्यक्ष यादव

राजविराज, २३ असोज । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अब पनि सरकारले संविधान संशोधनतर्फ अघि नबढे बाध्य भएर आफुहरु संघर्षको बाटोमा लाग्ने चेतावनी दिएका छन् ।
राजविराज स्थित राधाकृष्ण अतिथि सदनमा विहीबार समाजवादी पार्टी नगरसमितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उप–प्रधान एवम् स्वास्थ्य जनसंख्या मन्त्री समेत रहेका यादवले यस्तो चेतावनी दिएका हुन् । संविधान संशोधन गरेर मुलुकलाई निकासतर्फ उन्मुख गर्ने वर्तमान सरकारको जिम्मेवारी पनि रहेकोले संशोधनको विषयलाई गम्भिरतापूर्वक लिन उनले आग्रह समेत गर्नुभयो ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आफ्नो पार्टीसँग एकीकरण गर्ने बाहेकको विकल्प नरहेको बताउनु भएको छ । अध्यक्ष यादवले भन्नुभयो -“राजपाले समाजवादी पार्टीसँग एकीकरण गर्नु वाहेकको विकल्प छैन, यदी यसो नभए राजपाको अन्त्य निश्चित छ ।’ अबको राजनीतिक विकल्पको रुपमा समाजवादी पार्टी मात्रै रहेकोले राजपालाई समयमै विचार पुर्याउन नेता यादवले आह्वान समेत गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *