Loading...
हालसम्म संविधान संशोधन हुन सकेन, यसको जवाफ अध्यक्ष उपेन्द्र यादवले दिनुपर्छ – रेणु यादव

समाजबादी पार्टीकी राष्ट्रिय उपाध्यक्ष रेणु कुमारी यादवले जनताको वलिदानी र संघर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि जनताले अझैं अनुभूति गर्न नपाएको बताएकी छिन । राजविराज स्थित राधाकृष्ण अतिथि सदनमा विहीबार समाजवादी पार्टी नगरसमितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । समाजवादी पार्टी सरकारमा रहेपनि हालसम्म संविधान संशोधन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भनिन् – “संविधान संशोधन गर्न दुई तिहाईको आवश्यकता थियो, त्यसैले समाजवादी पार्टी सरकारमा गएको हो, तर हालसम्म किन संविधान संशोधन हुन सकेन यसको जवाफ पार्टी अध्यक्ष उपेन्द्र यादवले दिनुपर्छ ।’

पार्टीभित्र रहेको नेता तथा कार्यकर्ताहरुको क्षमता एवम् सक्रियताको आधारमा मूल्याङ्कन हुनपर्ने तथा सिद्धान्त विपरित गर्ने जो कोहीलाई अनुशासनको कार्वाही हुनुपर्नेमा जोड दिईन् । संघीय शासन व्यवस्थाको नाममा व्यापक भ्रष्टाचार भईरहेको भन्दै यस्ता प्रवृतिलाई अविलम्व रोक्नुपर्ने उनको भनाइ रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *